एमाले वडा अधिवेशन कास्कीमा कहाँ काे ?

समाधान संवाददाता २०७८ कार्तिक ६ गते १७:३७

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबारको स्थानीय अधिवेशनमा पोखरा महानगरपालिका १५ मा भोजबाहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । एमालेको विधानमा वडा कमिटीमा ५ पदाधिकारी रहने व्यवस्था अनुसार उपाध्यक्षमा खेमबाहादुर थापा, सचिवमा पार्वती कार्की, २ उपसचिवमा मन्दीरा परियार र अशिस भण्डारी सर्वसम्मत चयन भएका हुन् । यी सहित महानगरपालिकाका वडा कमिटी ५१ सदस्यीय समिति निर्वाचित भएका छन् ।


पोखरा महानगरपालिका १३मा निलकन्ठ सिग्देल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा सरस्वती भण्डारी बराल, सचिवमा विष्णु प्रसाद अधिकारी, उपसचिवमा अलिअकबर मिया र एक प्रसाद गरुङ सर्वसम्मत भएका छन् । वडामा यी सहित ५१ सदस्य समिति चयन भएका छन् ।


मादी ११ सैमाराङमा नन्द प्रसाद गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा धनबहादुर कार्की, सचिवमा यूवराज लामिछाने, उपसचिवमा सिता थाप क्षेत्री र नित्य नन्द लामिछाने सर्वसम्मत चयन भएका हुन् । यी सहित गाउँपालिकामा २१ कमिटि चयन भएका छन् ।
मादी ८ मिजुरेमा लालबहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । ५ सदस्य कमिटिमा उपाध्यक्ष रुपबहादर घले गुरुङ, सचिवमा किसान रानामगर, उपसचिवमा हरि माया पौडेल र जगत बहादुर रिमाल गरि २५ सदस्य कमिटि चयन भएका छन् ।

Advertisement

महानगरपालिका १२ मा अध्यक्ष बलराम ढुंगाना उपाध्यक्ष देशभक्त केसी सचिव शिवलाल रिमाल उपसचिव शुशिला खनाल उपसचिव उपेन्द्र गिरी २७ सदस्यीय कमिटी सर्वसम्मत चयन भएकाे छन् ।


मादी गाउँपालिका ९ मा श्रीप्रसाद गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा रुपा गुरुङ, सचिवमा दतराम गुरुङ, उपसचिवमा राजेन्द्र अधिकारी, मनोज गुरुङ सहित २१ सदस्यीय कमिटी सवर््समम्त् गठन भएको छ । यस्तै मादी गाउँपालिका कमिटीको अधिवेशनका लागि १९ जना प्रतिनिधि छनोट पन िसर्वसम्मत सम्पन्न भएको छ ।

Advertisement


अन्नपूर्ण गाउँपालिका ५ मा लालबहादुर केशीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा छविलाल विक, सचिवमा उमलाल पौडेल, उपसचिवमा दुर्गाप्रसाद गिरी र जगतगबहादुर केसी सर्वसम्मत चयन भएका छन् ।

गाउँपालिकाको वडा कमिटी ३१ सदस्यीय र महानगरपालिकाका वडा कमिटी ५१ सदस्यीय हुने व्यवस्था छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था छ । आज कास्कीका ५ पालिकाका ७२ वटै वडामा एकै साथ प्रथम वडा अधिवेशन तथा कात्तिक ९ गते पालिका अधिवेशन देशव्यापी रुपमा एकै पटक गर्न लागेको हो । अहिलेको अधिवेशनलाई एकता अधिवेशन बनाउने सोच अनुसार अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व हुने निर्वाचन कमिटीहरुले बताएका छन् ।


अधिवेशनमा वडाका सबै पार्टी सदस्यता लिएकाले सर्वसम्मत वा मतदान गरेर नेतृत्व चुन्न पाउने अधिकार थियो । नेकपा एमाले निर्वाचन कमिटी कास्की अध्यक्ष टीकाराम पंगेनीले स्थानीय कमिटीको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिने यस अगाडी नै जानकारी दिएका थिए ।
निर्वाचन कमिटी कास्की सचिव झपट रानाभाटले अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व भएको बताएका छन् । उनले स्थानीय अधिवेशनको सन्दर्भमा केन्द्रीय कार्यालयबाट जारी सर्कुलर अनुसार झण्डा ब्यानरको प्रयोग गरी जनसहभागितालाई व्यापक बनाई अधिवेशन भव्य सम्पन्न गराइने बताए ।

तपाईको प्रतिक्रिया