बेगनास ताल बसपार्क नजिक इनारमा युवाको शव भेटियो

समाधान संवाददाता २०७८ कार्तिक ९ गते १८:२७


पोखरा
बेगनासताल नजिकै इनारमा एक युवकको शव फेला परेको छ । कास्की प्रहरीका अनुसार बेगनास बसपार्कस्थित इनारमा अन्नपूर्ण गाउँपालिका–३ भदौरे देउरालीका अन्दाजी २२ वर्षीय राजु लामिछानेको शव मंगलबार भेटिएको हो ।

इनारमा युवक डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर मृतकको शव इनारबाट निकालेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया