पोखरामा अन्तर्राष्ट्रिय ब्रान्डका स्पोर्टस् वेयरको सोरुम

समाधान संवाददाता २०७८ कार्तिक ११ गते १९:४३

पोखरा ।

पोखराको न्युरोडमा ४ वटा अन्तर्राष्ट्रिय ब्रान्ड कम्पनीका स्पोर्टस् वेयर तथा क्याजुअल ड्रेसको आधिकारिक सोरुम सञ्चालनमा आएको छ ।
विशेषगरी स्पोर्टस् वेयर तथा क्याजुअल ड्रेस सोरुममा उपलब्ध हुने सञ्चालक राम रम्तेलले जानकारी दिए । उनका अनुसार सोरुममा नेपाली बजारमा उपभोक्ताले रुचाएका अन्तर्राष्ट्रिय ब्राण्डका केल्मी, पुमा, पिटर इङ्ल्याण्ड र मिर्टस बोनवीका कपडा पाइने छन् ।


सञ्चालक रम्तेलले गण्डकी प्रदेश राजधानी पोखरामा अहिलेसम्मकै ठूलो शोरुम सञ्चालनमा ल्याएको दाबी गरे । सोरुम कात्तिक १४ मा उद्घाटन हुनेछ । पोखरामा ४ वटै ब्रान्डका गरी ३० हजारभन्दा बढी उपभोक्ता पोखरामा रहेको उनले बताए ।

Advertisement

राजधानी काठमाडौं लगायत विभिन्न सहरमा केल्मीका २४, पुमाको १३, पिटर इङल्याण्डका ३० र मिर्टस बोनवी ब्रान्डका केही सोरुम सञ्चालनमा रहेका छन् । पोखरामा खेलकुद गतिविधिसँगै पोखराको पर्यटन क्षेत्रलाई समेत मध्यनजर गर्दै आधिकारिक सोरुम सञ्चालनमा ल्याएको रम्तेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया