पोखराका अञ्जन धितोपत्र बोर्ड सञ्चालक नियुक्त
समाधान संवाददाता
२०७८ कार्तिक २९ गते २०:३६

काठमाडौं ।
सेयर बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी अञ्जन श्रेष्ठ नियुक्त भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ पोखराको प्रसिद्ध व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन्।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा व्यावसायिक घराना आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि धितोपत्र बोर्ड सञ्चालकबाट राजीनामा दिएपछि उक्त पद खाली थियो। सोही पदमा महासंघका अध्यक्ष शेखर गोल्छाले उपाध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय गरेका थिए।
श्रेष्ठ धितोपत्र बोर्ड सञ्चालक समिति बैठकमा सहभागी पनि भइसकेका छन्। श्रेष्ठको कार्यभार आगामी डेढ वर्षसम्म हुनेछ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया