कांग्रेस कास्की १ मा लामिछाने, २ मा निर्दोषी

पोखरा ।
नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन्। उनीसँग बुद्धिमान गुरुङले प्रतिस्पर्धा गरेका थिए। पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा लामिछानेले ४ सय ५८ मत ल्याउँदा गुरुङले ३ सय ३० मत प्राप्त गरे ।
सचिवमा सरोज केसी र ओमप्रकाश गुरुङ विजयी भएका छन् । केसीले ४ सय ५६ र गुरुङले ४ सय १८ मत प्राप्त गरे । सचिवका प्रतिस्पर्धी शोभामोहन पौडेलले ३ सय २२ र जितेन्द्र गुरुङले १ सय ८८ मत पाएका थिए । पार्टीको सहसचिवमा सुजता गुरुङ ३ सय ७१ र मोती गिरी ३ सय ४५ मतका साथ विजयी भए । सहसचिव पदका प्रतिस्पर्धी किरण थापाले ३ सय ४४ र उपेन्द्र न्यौपानेले २ सय ५२ मत ल्याए ।
क्षेत्र नम्बर २ मा कांग्रेसको सभापति पदमा केशरप्रसाद निर्दोषी विजयी भएका छन्। पुण्डरीप्रसाद बराललाई हराएर उनी कांग्रेसको क्षेत्र नम्बर २ सभापति बन्न सफल भएका हुन्। कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस सभापतिका लागि मनोज गुरुङ र खिमलाल बास्तोलाबीच प्रतिस्पर्धा छ । त्यहाँ मतगणना जारी छ । पछिल्लो गणनामा गुरुङ अगाडि छन् ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया