पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बरालको सरुवा

समाधान संवाददाता २०७८ मंसिर ९ गते १५:५७

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा भएको छ । उनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो । बरालको ठाउँमा बलाराम रिज्यालको सरुवा भएको छ । रिज्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पोखरा महानगर सरुवा भएका हुन् । रिजाल बागलुङका स्थायी बासिन्दा हुन् ।

सरकारले ४९ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधबार केही दिनअघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया