राजु थापा स्याङ्जा कांग्रेस सभापति

समाधान संवाददाता २०७८ मंसिर ११ गते १२:५७

नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । शुक्रबार भएको जिल्ला अधिवेशनमा निर्वाचन मार्फत थापा विजयी भएका हुन् । थापाले भागवत प्रकाशलाई ३२ मतले पराजित गरेका हुन् । थापाले १ हजार १ सय १७ मत प्राप्त गरे । मल्लले १ हजार ८५ मत ल्याएका थिए ।

२ हजार २ सय ५७ मतदाता रहेकामा २ हजार २ सय १८ मत खसेको थियो । उपसभापतिमा केदार काफ्ले र शेरबहादुर राना, सचिवमा गुरुप्रसाद भट्टराई र दामोदर लम्साल रेग्मी र सहसचिवमा ध्रुवबन्धु पौडेल र पृथ्वीप्रसाद पोखरेल विजयी भएका छन् । उनीहरुले क्रमश १ हजार ३ सय ७०, ८ सय ९३, १ हजार २ सय ९२, ९ सय ३४, १ हजार १ सय ५८ र ९ सय ३९ मत प्राप्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया