पाेखरामा झन्डै २ लाख अमेरिकी डलरसहित पक्राउ

सञ्जय रानाभाट २०७८ मंसिर १२ गते ७:५४

सञ्जय रानाभाट
पोखरा ।
मुस्ताङको दोमादरकुण्ड लोघेकर गाउँपालिका १ चराङका छिरिङ डुन्डु गुरुङ प्रत्येक साता उनी पोखरा—काठमाडौं र काठमाडौं—पोखरा गरिरहन्थे । गत साता पोखराबाट काठमाडौं जाँदा जहाजै गए ।काठमाडौंबाट फर्कंदा भने शुक्रबार माइक्रो बस हायसमा आए । उनी चढेर आएको हायस २ बजे तनहुँको सीमा कोत्रे कटेर कास्की प्रवेश ग¥यो । जब पोखरा महानगरपालिका ३२मजुवामा आइपुग्यो, प्रहरीले रोके र जाँच गरे ।


जाँचका क्रममा तिनै गुरुङसँग प्रहरीले अवैध अमेरिकी डलर फेला पा¥यो । त्यो पनि चानेचुने मात्रामा होइन, झन्डै २ लाख डलर । गुरुङले हाइसको सिटमुनि झोलामा १ लाख ९४ हजार २ सय अमेरिकी डलर ल्याएका रहेछन् । झोलामा ५० दरका अमेरिकी डलरका नोटका ७२ वटा बिटा फेला प¥यो । र १०० डलरको नोटको अर्काे बिटो भेटियो । गुरुङको साथमा नेपाली नागरिकताको प्रमाणपत्र पनि थियो, चेक बुक १ थान र मोबाइल २ वटा थिए ।


प्रहरीले गुरुङको साथबाट बरामद भएको अमेरिकी डलरको नेपाली मूल्य शुक्रबारको अन्तर्राष्ट्रिय विनियमदरका हिसाबमा २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ हुन्छ । यसरी कास्कीमै यति ठूलो विदेशी मुद्रा बरामद भएको यो पहिलोचोटि भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी)रमेश थापाले बताए ।

Advertisement


अमेरिकी डलर १ हजारभन्दा बढी नेपाली नागरिकले लिएर हिँड्न नपाउने कानुन छ । ‘गुरुङले ल्याएको रकम पनि अवैध छ ।न त राष्ट्र बैंकको कुनै अनुमति नै छ, न त स्रोत नै खुलेको छ,’ एसपी थापाले भने,‘अनुमति नलिईल्याएको अमेरिकी डलरबाटपोखरामा सुन कारोबार गर्ने गरेको प्रारभिक अनुसन्धानमा खुलेको छ ।’


गुरुङ पोखरा महानगरपालिकाको शिवालयचोक बस्दै आएको पनि प्रहरीले जनाएको छ । गुरुङको साथमा भेटिएका कागजातबाटउनी हवाईजहाजबाट काठमाडौं गएर माइक्रबसमा आएको खुलेको हो । अमेरिकी डलरको अवैध ओसारपसारसंगठित अपराध भएको एसपी थापा बताउँछन् । ‘एक व्यक्तिले मात्र यस्तो गर्न सक्दैन। गुरुङमात्र नभई यसभित्र ठूलो सांगठनिक लेयर छ ।पोखरासम्म ल्याउने र पोखराबाट अन्य सहरहरुमा लगेर विभिन्न प्रयोजनमा सुन खरिददेखि डलरको कारोबार गर्ने गरेको खुलेको छ,’ थापाले भने,‘हामीलाई केही सूचना आएको थियो । पोखरामा अवैध विदेशी मुद्राको ओसारपसार चलिरहेको छ । यसपछि हामीहरुले निगरानी बढायौं ।शुक्रबार भने हामीलाई भरपर्दाे सूचना आएपछि पक्राउ गर्न सफल भयौंं ।’

Advertisement


कास्की प्रहरीले सरप्राइज चेकिङ गरेर गुरुङलाई पक्राउ गर्न सफल भएको थापा बताउँछन् । ‘यसकाममा गुरुङमात्र नभएर ठूलो संगठन लागेको छ । यसलाई प्रहरीले थप अनुसन्धान गरिहेको छ ।बरामद गरेको अमेरिकी डलर गणना गर्ने, सक्कली नक्कली नोट जाँच गर्ने, साथै मुचुल्का उठाउने काम पूरा भइसक्यो,’ एसपी थापाले भने, ‘राष्ट्रबैंकबाट प्राविधिक नै ल्याएर परीक्षण गर्दा सक्कली नोट भएको भेटियो ।’


अवैध मुद्राको धन्दामा लागेका गुरुङलाई प्रहरीले आइतबारकारबाहीका लागि राजस्व अनुसन्धान विभाग काठमाडौं लाने तयारी गरेको छ । गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन– २०१९ अनुसार कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार गुरुङलेयसअघि१ पटक विदेशी मुद्रा ओसारपसार गरेको स्वीकारिसकेका छन् ।


यसरी विदेशी मुद्राको अवैध कारोबार हुनुमा नेपालको खुला सिमाना प्रमुख कारण भएको एसपी थापा बताउँछन् । नेपाल भारतको खुला नाकाचीनसँगको व्यापार व्यवसाय नै नेपालमा पछिल्लो समय अवैधमुद्रा ओसारपसारको कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ । पोखरा अमेरिकी डलर ओसारपसारकोकेन्द्र बनेको प्रहरी स्रोत बताउँछ । पोखरामा पर्यटक बढीमात्रमा घुम्न आउने र विदेशीसँग डलको खेती हुन सक्ने ती प्रहरी अधिकारी बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया