मुख्यमन्त्री कांग्रेस केन्द्रीय सदस्य उठ्ने

समाधान संवाददाता २०७८ मंसिर २३ गते १७:१२

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि १ पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । उनी १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।


सहमहामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने भएका हुन् । युवा पुस्तालाई पार्टीको नेतृत्वमा पु¥याउनका लागि सहमहामन्त्रीमा उनीहरुलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ थियो । मुलुकलाई अप्ठेरो परेका बेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रष्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

Advertisement


कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जेठ २९ गते गठन भएको आफू नेतृत्वको सरकारले हतारमा बजेट ल्याउनु परे पनि नागरिकले अनुभूति गर्ने गरी काम गरेको दाबी गरे । उनले भने, ‘६ महिनामै चमत्कार भयो भनेर म भन्दिनँ तर पनि केही उदाहरणीय काम गरेका छौं ।’


महिलाका लागि स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचार, प्रदेशलाई सडक मानवमुक्त घोषणा, कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक ५ हजार रुपैयाँ प्रदान लगायतका लोकप्रिय काम पोखरेल नेतृत्वको सरकारले यो अवधिमा गरेको छ ।

Advertisement


कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई ५० हजार रुपैयाँ, साना व्यवसायीका लागि व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइएको उनले बताए । प्रदेशलाई पूर्ण साक्ष घोषणा, शिक्षा र स्वास्थ्य नीति घोषणा पनि यही अवधिमा गरिएको छ । अब प्रदेशमा १८ वर्षभन्दा माथिको उमेरका सबैजसोले कोरानाविरुद्धको खोप लगाइसकेको भन्दै अब नयाँ भेरियन्टबाट बच्नका लागि समेत सतर्कता अपनाइएको उनको दाबी छ । कोरोनाको उपचार र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले थप जनशक्ति नियुक्तिका लागि प्रक्रिया थालेको जानकारी उनले गराए ।


गण्डकीको पर्यटन प्रबद्र्धनका लागि समेत प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतलाई गण्डकीमा स्वागत, ११ देशका राजदूतलाई पोखरा बोलाएर आतिथ्यता प्रदान गरेपछि पोखरा सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया