राजाको चौतारामा जनताको सुुस्केरा

मदन भण्डारी २०७८ मंसिर २६ गते १६:५९



पोखरी नामले विस्तृति पाउँदै जाँदा पोखरा भएको अन्वेषकहरु बताउँछन् । हाल ३३ वडामा फैलिएको पोखरा महानगर अझै फराकिलो होला । अहिले पनि टाढा पुगेका गण्डकी प्रदेशका मान्छेहरु पोखरा घर बताउँछन् । लेखनाथ नगरपालिकाले आफूलाई पोखरा महानगरमा समाहित गरेर झनै अस्तित्व चम्काएको छ । केही समय पहिलेसम्म कुइनेटो जस्तो लाग्ने राजाको चौतारो अहिले कास्की पूर्वी भेगको महत्वपूर्ण केन्द्र बनेको छ । यो ३२ नम्बर वडामा पर्छ । यहाँ फलफूल, सागसब्जी र दूधको उत्पादन बढ्दो छ । राजाको चौतारोमा जनताको सुस्केरा सुसाइरहन्छ । यस्तै चौतारोको सिमली छायाँमा जीवन शर्माले बूढो भरिया भेटे होलान् । चौतारीको बतासका अनेक सुन्दर गीत छन् । बजारमा चौतारी मासिँदै जाँदा यो बिम्ब झनै प्रीतिकर हँुदै छ । मेरो मोबाइल बज्यो । हेल्लो….मैले कान जोडेँ ।


‘दाइ हजुर, नमस्कार !’
‘नमस्कार, मैले भाइ हजुरलाई चिनिनँ !
‘म सावित्री गिरीको भाइ, प्रताप !’
‘ओहो, के छ भाइ हालखबर ?’
‘ठीकै छ, २४ गतेको सुखद शुक्रबार हजुर राजाको चोतारातिर पाल्नोस् न !’


‘के छ र त्यस्तो ?’

Advertisement


‘खासै त्यस्तो त छैन, पाल्नुभो भने म आफ्नो सुतिखेती देखाउँथेँ । भर्खरै राजाको चौतारोको पुनर्निमाण भाछ ; मिल्छ भने भेटम् न…!’


‘आज २२…हुन्छ, भेटम् भने भेटम्…!’

Advertisement


मंसिरको महिना । यसपालि पिकनिक गइएन । गाउँतिर उक्लिनु ठीकै लाग्यो । पोखरा बस पार्कमा राजाको चौतारा जाने बस खोज्न धेरै गाहो भएन ।


भ्रमणप्रियता मान्छेको स्वभाव हो तर हामी फूर्सद निकाल्नै सक्दैनौँ । साहित्यमा अनेक सुन्दर यात्रा वर्णन पाइन्छ । रामको वनगमनले धेरैलाई रुवायो । कृष्णको गोकुल–मथुरा आवत्–जावत्ले अझै मान्छेको मथिङ्गल हल्लाई रहन्छ । भास्कोडिगामा, कोलम्बस कहिल्यै पुराना हुँदैनन् । हाम्रै देवकोटाको पहाडी यात्रा सधैँ नवीन लाग्छ । आजकल नियात्रा पठनीय विधा मानिन्छ । जरोटुप्पोले नियात्रा बिभाग बनाएको छ । कोही साथी कतै घुमेर आए नियात्रा सुनाउने चलन छ । यस्तै यस्तै कामले रिमाल, भूपी, तारानाथ शर्माहरुले नेपाली साहित्यलाई एउटा उचाईमा पुर्‍याए । ती कतिले निर्वाण प्राप्त गरिसके । तारानाथ वार्धक्यले थिचिँदैछन् । म हुटहुटिएँ । २०७८ मंसिर २४ गते, शुक्रबार सहर ट गाउँतिर लागेँ ।


लेखनाथ चोकमा लेखनाथ बूढा धूलाले ढाकिँदै थिए । बस बेगनास चोकबाट उत्तर ठडियो । शिशुवाचोकबाट पूर्व सोझियो । खुदी हुँदै सातमुहाने आयो, खेतका विशाल फाँट घरले छोपिँदै रैछ । २÷३ दिनयता पोखरामा दिउँसो मीठो घाम लाग्दै छ । न्यानो कपडा लगाइएकाले बसको भीडमा गर्मी भयो, झकाउन थालेछु । ‘मालेपाटन…! भन्दै यात्रुले हात उठाएर बस रोके । पस्र्याङ्तिरको मात्रै मालेपाटनको जानकारी भएको म झल्याँस्सै भएँ । थाहा भो, यता पनि मालेपाटन रहेछ । देउराली उकाली काटेपछि पोल्यान्ड भन्ने ठाउँ पनि आउँछ अरे ।


‘नारी पुरुष बराबरी, आधा पुरुष आधा नारी…!’ गाइन्छ । यहाँ महिलाको सहभागिता बढी थियो । ‘भाइले ढिपी गरेर भाञ्जीको जन्मोत्सव मनाउने भन्यो । उसैले चिनेको मेरा सीमित साथीलाई मात्रै खबर गरियो । धेरै साथी आउन सक्नु भएन…!’ सावित्री गिरी भन्दै थिईन् ।


‘छोरीको बर्थ डे भन्नु पर्दैन त लाटी ?,’ दुर्गाले अलिझ पारेको स्वरमा भनिन्, ‘छोरी बिदेसमा छे…!’ सावित्रीले मलिनो अनुहार पारिन् । महिलाका भुनभुनमा महंगीका पीडा पोखिए । हामी केही मान्छे राजाको चौतारोमै जम्मा भयौँ । थुप्रै फोटा खिचिए । एक रोपनी जतिमात्रै क्षेत्रफलको जग्गामा निर्मित ऐतिहासिक राजाको चौतारीको पुनर्निर्माणमा डा. जगमान गुरुङको पहलकदमी रहेछ । ०७८ मंसिर १४ गते सेनाका प्रमुखले उद्घाटन गरेछन् । यही चौतारीमा कास्कीका राजा शिव शाहका पालामा यस भेगका राज्यहरुको लडाइँ रोक्न महत्वपूर्ण सम्झौता गरिएको उल्लेख छ । केन्द्रको श्रीपेचलाई पानीको फोहोराले अभिषेक भइरहन्छ । स्तम्भमा सेतो परेवा राखिएको छ । संरचना आकर्षक छ ।


‘यस्तै चौतारी देखेर क्षेत्रप्रतापले चौतारीमा राजा भेटिएको गीत लेखे होलान्…!,’ चन्द्रावती वाग्लेले भनिन् ।


‘अहिले काकार्यकर्ताका नेता भक्तिभन्दा त्यतिखेरका मान्छेका राजभक्ति कलापूर्ण थियो, इमानमा आधारित थियो !,’ शिव त्रिपाठीले आफ्नो विचार पोखे ।


‘जनताको अघोर शोषण गर्नेहरु जनताको चौतारी भन्नुपर्छ भन्थे तर सेनाले छेक्यो !,’ नारायण गिरीले प्राज्ञ रमेश श्रेष्ठसँग नजिकिँदै भने, ‘यहाँ पहिले समीको ठूलो रुख थियो !’


‘त्यस्तै उग्रताले हाम्रा ऐतिहासिक–पुरातात्विक महत्वका धेरै वस्तु तहसनहस पार्‍यो । पोखरामा पृथ्वीनारायण शाहको सालिकसँगै अमर चित्रकारको महान कलाकृति नष्ट गरिँदा मलाई असाध्य दुःख लागको छ बा !,’ रमेशले पनि नारायण बूढासँग दुखेसो पोखे ।


सावित्री फोन र स्वागत्मा अति व्यस्त भइरहिन् । हामी उत्तरपूर्वको सानो डाँडो बडहरेतिर लाग्यौँ । ‘स्वप्नभूमि कृषि तथा पशुपक्षी केन्द्र’को बोर्ड दखियो । भित्र लतावृक्ष, फूल र बत्तीको झिलिमिलीमा मैले कृष्ण–अर्जुनको कथा सम्झें । अन्यायपूर्वक छोरो मारिएको पीडामा छटपटिएका अर्जुनलाई कृष्णले स्वप्नभूमिमा लगेर जीवनको रहस्य सम्झाएका थिए । आ–आफ्नै पौरखले पाखो खोपेर प्रताप र उनका साथीले स्वप्नभूमि निर्माण गरेछन् । टुप्पामा थोरै पात हुने सुरिला पाउलोनियाका बोटमुनि अदुवा खेतीको मोहक ठाउँ । भोक र थकाईका बेला अग्लो कटेजमा बसेर लोकल कुखुराको मासु, माछा, चिउरा र अरु खाद्य पदार्थ खाइँदा ठूलो आनन्द प्राप्ति भयो । खानपिनपछि रचनावाचन गरिए ।

यस्तै चौतारोको सिमली छायाँमा जीवन शर्माले बूढो भरिया भेटे होलान् । चौतारीको बतासका अनेक सुन्दर गीत छन्


‘म आफ्नी दिदीप्रति असाध्य अनुगृहित छु, उहाँकै प्रेरणाले जीवन बाँच्ने कला सिक्दैछु !,’ प्रतापले भने । सावित्रीले उनै भाइप्रति समर्पित गजल सुनाइन् :


‘प्रकृतिको प्रेमी मायाको दासी आएको छ
निश्छल छ माया कतै नमासी आएको छ
भोगचलन नगरेर बञ्जर भएको माटोमा
हरियो घाँस उमार्छ यहाँ घाँसी आएको छ !’


गीता तिवारीले व्यभिचार बिरुद्धको लघु कथा सुनाइन् । लिलीले बलशाली ‘गुन्द्रुक’ कविता वाचन गरिन् । सबैले औसत राम्रै रचना सुनाए । कृष्ण मरासिनीले बाहुनबाट आफू नेवार मर्सानी भएको बताए । दुर्गालाई रमेशले मेवाको मासु टकारे । शाकाहार र मांसाहारबारे छलफल गरे । रमेश, शिव र कृष्णले पटक पटक सबैमा हाँसोको फोहरा छुटाए । घोडेटो बाटोमा महेन्द्र गिरीले कुशलतापूर्वक गाडी चलाएर बजारसम्म ल्याए । अँध्यारो, हतार र भयले यात्रा रोमाञ्चक र अविस्मरणीय रह्यो । सावित्रीकी मम्मी अतिथिको सत्कारमा निकै रमाइन् । ‘राजाको चौतारोमा जनताको सुस्केरा सुसाइरहन्छ । आउँदै गर्नुहोला…,’ आमाले भनिन् । हामीले झम्के साँझमा राजाको चौतारोलाई बाइ भन्दै हात हल्लायौँ ।

चर्चित टिभी जर्नालिस्ट रवि लामिछानेले आफ्नै मिडियामा आवाजबुलन्द गरे ः नेपालएकीकरण गर्ने पृथ्वीनारायण शाहको यद्धलाई कथित जनयद्धलाई
जतिपनि जस र सम्माननदिने ?’


यस्ताआवाज देशैभरि घन्किँदैछन् । आफूू पृथ्वीनारायण शाहको चार अमरवाणीले अतिप्रभावित रहेको बताउँदै मनिषाकोइरालाले भन्छिन् ः
‘मेरा सानादुःखले आज्र्याको मुलुकहोइन ; सबै मिलेर मुलुकको रक्षा गनुपर्छ !’
‘यो मुलुुकचार जात छत्तिस वर्णको साझाफूलबारी हो !’
‘घूस लिन्या र दिन्यादुवै मुलुकका सत्रु हुन् !’
‘नेपालदई ढङ्गाबिचको तरुलहो !’

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया