जेसीज राष्ट्रिय महाधिवेशन

विधि सिकाउने युवाको उत्सव

समाधान संवाददाता २०७८ पुष १ गते ११:५७

ईश्वर कर्माचार्य
डाइरेक्टर, ४८ औं राष्ट्रिय महाधिवेशन
नेपाल जेसीज सन् १९६४ देखि नेपालमा स्वयंसेवी संगठनका रुपमा क्रियाशील छ । यसले संस्थामा आवद्ध सदस्यको व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न तालिम आयोजना गर्ने गरेको छ । नेपाल जेसिजमा १८ देखि ४० वर्षका युवा आवद्ध छन् । नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन पोखरामा आजबाट सुरु हुँदै छ ।

पोखरा जेसीजको आतिथ्यतामा हुने यो महाधिवेशन ४ गतेसम्म पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा चल्नेछ । देशैभरका जेसीजमा नेतृत्व गरेका युवा यहाँ भेला हुँदै छन् । जेसीजले सबै काम विधिपूर्वक गर्दै आएको छ । महाधिवेशन होस् कि नेतृत्व हस्तान्तरण २, ३ वर्षअघि बाटै प्रक्रिया सुरु हुन्छ । पोखरा जेसीजबाट नेपाल संघ, संस्थाले विधि अवलम्बन गर्नुपर्ने तथ्य सिक्न सक्छन् । अब आउने नेतृत्व चयन र महाधिवेशनको तयारी चितवनको रत्ननगरमा भएको ४६ औं महाधिवेशनबाटै सुरु भएको थियो ।

बुधबारबाट महाधिवेशन औपचारिक रुपमा सुरु हुने भए पनि केही प्रक्रिया मंगलबारै सुरु भइसकेका छन् । महाधिवेशनपछि नेतृत्व संहाल्ने टिमलाई मंगलबारै तालिम दिइएको छ । बुधबार दिउँसो १ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशन उद्घाटन गर्नुहुनेछ । सम्मेलन स्थल सजिसजाउ गर्नेदेखि आयोजनाका सबैजसो काम सकिएका छन् । बिहीबार बेलुका प्रकरण गोष्ठी हुनेछ । ३ गते बेलुका विद्युतीय माध्यमबाट निर्वाचन हुनेछ । महाधिवेशनमा नेपालका १सय६१ शाखाका अध्यक्ष तथा प्रतिनिधि गरी १ हजार ३ सयभन्दा बढीले भाग लिँदै छन् । ‘मानवीय विकासको लागि नेतृत्वको अभ्यास’ भन्ने नाराका साथ भएको महाधिवेशन आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अवसरसमेत हो ।

Advertisement

महामारीपछि तंग्रिँदै गरेको पर्यटनलाई लयमा ल्याउन एकै पटक देशैभरका नेतत्व गरिरहेका युवाको जमघटले थप टेवा पु¥याउनेछ । समृद्धिको यात्रामा अघि बढ्दै गरेको देशको अर्थतन्त्र चलायमान बनाउन कतै न कतै यसले सघाउनेछ । पोखरा आउने हाम्रा पाहुनालाई हार्दिक रुपमा स्वागत गर्न हामी सबै पोखरेलीलाई आग्रह गर्दछौं ।


महाधिवेशनले वर्ष २०२२कालागि नयाँ नेतृत्व चयन गर्ने छ ।सन् १९८४ र १९९२ मा पनि पोखरा जेसीजको आतिथ्यतामा पोखरामा नेपाल जेसीजको राष्ट्रिय अधिवेशन सफलतापूर्वक भइसकेको छ । जेसिजले युवालाई नेतृत्व र व्यक्तित्व विकास गर्ने अवसर दिइरहेको कुरा सबैलाई विदितै छ । यो महाधिवेशनमा सहभागी र प्रतिनिधिलाई पोखराका पर्यटकीय स्थलको दृश्यावलोकनसमेत गराइनेछ । कोभिडका कारण निम्तिएको संकटमा हामी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै महाधिवेशन गर्दै छौं ।

Advertisement

तपाईको प्रतिक्रिया