जेसीज राष्ट्रिय महाधिवेशन

जेसीजका अवसरका क्षेत्र

समाधान संवाददाता २०७८ पुष १ गते १२:०४

राष्ट्रको चौतर्फी विकासमा प्रत्येक नागरिकले प्रत्येक क्रियाकलापमा प्रत्यक्ष सरोकार राख्नुपर्ने हुन्छ
नारायण शर्मा


जेसीजका मूल्य, मान्यता र उद्देश्यको आधारमा एवं सोको प्राप्तिका लागि कुन कुन क्रियाकलाप गर्न आवश्यक छ भन्ने पहिचान गरी किटान गरिएको छ । यसका लागि कार्यगत अवसरका क्षेत्र तोकिएका छन् ।


व्यक्तिगत विकास क्षेत्र
– प्रत्येक सदस्यलाई विविध विधामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी आफ्नो व्यक्तिगत ज्ञान आर्जन गर्न
– सदस्यहरुको आफ्नो व्यक्तिगत सम्भावना अनुभव गर्न अवसरहरु प्रदान गर्न । सदस्यहरुको व्यवस्थापकीय सीप तथा कौशलको विकास गर्न ।
– जेसीजका सबै स्तरमा रहेका पदमा रही वास्तविक नेतृत्व ग्रहण गर्न सक्ने क्षमता उजागर गर्न सक्ने अवसर प्रदान गर्न ।
– व्यक्तिगत अवसरका क्षेत्रमा तपशीलका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

Advertisement


सामुदायिक विकास क्षेत्र
– सामुदायको समस्याहरु सुल्झाउन सामुदायिक गतिशीलतामा विकास ।
– समस्या समाधानका लागि सदस्यहरुको संवेदनशीलताको विकास ।
– वास्तविक समस्याको पहिचानबाट समुदायको विकासमा दिन सकिने ज्ञानको विकास ।

अन्तर्राष्ट्रिय विकास क्षेत्र
सदस्यले आफ्नो बुझाइको स्तर उठान गरी आफ्नै प्रतिष्ठा वृद्धि गर्न विश्वका सम्बन्धित व्यक्तिहरुको माझमा आफ्नो योगदान दिन अवसरहरु आदानप्रदान गर्ने ।
व्यावसायिक विकास क्षेत्र
– देशको आर्थिक विकासका संरचना सञ्चालनका लागि योगदान पु¥याउन सक्ने विषयमा सदस्यले प्रत्यक्ष संलग्न हुन पाउने अवसर प्रदान गर्ने ।
– सदस्यको समृद्धिमा सरोकार राख्ने विषयका सदस्यहरुको सहभागिताका अवसर सिर्जना गर्ने ।
सामुदायिक विकास क्षेत्र
– सामुदायका समस्या सुल्झाउन सामुदायिक गतिशीलता विकास ।
– समस्या समाधानका लागि सदस्यको संवेदनशीलताको विकास ।
– वास्तविक समस्याको पहिचानबाट समुदायको विकासमा दिन सकिने ज्ञानको विकास ।
अन्तर्राष्ट्रिय विकास क्षेत्र
सदस्यले आफ्नो बुझाइको स्तर उठान गरी आफ्नै प्रतिष्ठा वृद्धि गर्न विश्वका सम्बन्धित व्यक्तिको माझमा आफ्नो योगदान दिन अवसर आदानप्रदान गर्ने ।
व्यवसायिक विकास क्षेत्र
– देशको आर्थिक विकासको संरचना सञ्चालनका लागि योगदान पु¥याउन सक्ने विषयमा सदस्यले प्रत्यक्ष संलग्न हुन पाउने अवसर प्रदान गर्ने ।
– प्रत्येक नागरिकले आर्थिक विकासका क्रियाकलापको बारेमा सुसूचित हुने अवसर प्रदान गर्ने ।
– सदस्यको समृद्धिमा सरोकार राख्ने विषयका सदस्यको सहभागिताका अवसर सिर्जना गर्ने ।
जेसीजका पूर्वाधार
– स्वशासित, स्वयंसेवी, कानुनी रुपमा स्थापित, गैरसरकारी संगठन ।
– लक्ष्यमुखी तथा उद्देश्यमूलक संगठन ।
– १८ देखि ४० वर्षसम्मका युवाका लागि खुला सदस्यता भएको मञ्च ।
–सदस्यहरुको नेतृत्व विकासमा प्रगति र व्यक्तित्व विकासमा सशक्तीकरणका लागि कटिबद्ध संगठन ।
– समुदायमा सामाजिक सेवा गर्ने संगठनका रुपमा ग्रहण गरिएको संगठन ।
– दलगत राजनीतिबाट अलग रहेको संगठन ।
–सकारात्मक परिवर्तन सिर्जना गर्नका लागि युवालाई सशक्तीकरण गर्न विकासका अवसर उपलब्ध गराउने ।
–विश्वव्यापी रुपमा नेतृत्व प्रदान गर्न सक्ने सक्रिय युवा नागरिकको सञ्जाल निर्माण गर्ने ।
जेसीजका उद्देश्य
१. नागरिकले राष्ट्रप्रति गर्नुपर्ने कर्तव्य, जिम्मेवारीका बारेमा अधिक जानकारी प्रदान गरी नागरिकको सचेतना विकास ।
समृद्ध राष्ट्र निर्माणका लागि संसारका सबै देश राष्ट्रको चौतर्फी विकास गर्न अग्रसर भइरहेका छन् । सरकारले विकासका कार्य गरिरहेको छ । विपक्षीले आफ्नो कार्यक्रम सञ्चालन गर्न सरकारलाई दबाव दिइरहेका छन् । विकसित राष्ट्रहरूले विकासोन्मुख राष्ट्रलाई सघाइरहेका छन् । सरकारी र गैरसरकारी निकाय राष्ट्रको विकास। निर्माणमा लागिरहेको पाइन्छ । राष्ट्रको विकासमा जसले जतिसुकै सहयोग गरे पनि त्यही देशका नागरिकले र राष्ट्र निमार्णमा आफ्नो जिम्मेवारी महसुस नगरेको खण्डमा विकासको कुनै अर्थ रहदैन र दीगो पनि हुँदैन ।

Advertisement


राष्ट्रको निर्माणका लागि सर्वप्रथम नागरिकमा राष्ट्रप्रतिको जिम्मेवारी महसुस हुन आवश्यक छ । राष्ट्रको चौतर्फी विकासमा प्रत्येक नागरिकले प्रत्येक क्रियाकलापमा प्रत्यक्ष सरोकार राख्नुपर्ने हुन्छ । नागरिकले आफ्नो राष्ट्रप्रति गरेको जिम्मेवारीपूर्ण व्यवहारबाट नै राष्ट्रको पहिचान कायम हुने गर्दछ । जसबाट राष्ट्र र नागरिक दुवैको समग्र विकासमा उल्लेखनीय योगदान पुग्न सक्छ । प्रत्येक नागरिकले राष्ट्रप्रति गर्नुपर्ने कर्तव्य, जिम्मेवारी बारेमा अधिक जानकारी लिई गरी नागरिकताको सचेतनामा विकास गर्नुपर्दछ ।


२. व्यक्तिको प्रतिभा प्रस्फुटनका लागि एवं नेतृत्व विकास गर्न तालिम कार्यक्रममा व्यक्तिगत सहभागिता हुनुपर्छ ।व्यक्तिमा रहेको प्रतिभाका कारणले विश्वमा धेरै थरीका विचार काम गर्ने फरक तरिका एवं उपभोगका सहज साधन आइरहेका छन् । जब एक मानिसको आफूमा रहेको प्रतिभा प्रस्फुटित हुन्छ, तव उसको समाज के प्रतिष्ठामा अभिवृद्धि हुन थाल्छ । समृद्ध राष्ट्र निर्माणका लागि सभ्य समाजको आवश्यकता हुन्छ, त्यस्तै सभ्य समाज निर्माणका लागि नेतृत्वको सिर्जना हुनुपर्दछ । नेतृत्वको सिर्जना मानवको प्रतिभाबाट हुने गर्दछ । व्यक्तिको प्रतिभा आफूबाट निकाल्न व्यक्तिले अवसर पाउनुपर्दछ। मानवको प्रतिभा उजागर गर्न सही समय र उपयुक्त अवसरमा आफ्नो प्रत्यक्ष सहभागिताबाट सम्भव छ । यसर्थ व्यक्तिको प्रतिभा प्रस्फुटनका लागि एवं नेतृत्व विकास गर्न तालिम कार्यक्रममा व्यक्तिगत सहभागितालाई व्यापक जोड दिनु पर्छ ।


३. व्यक्ति र समुदायको विकासका लागि योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने कार्यमा आजका युवाको सक्रिय सहभागिता समुदायमा व्यक्तिको व्यक्तित्व विकास गर्न, उनीहरूको प्रतिभा देखाउन तथा कार्यक्रम सम्पादन गर्न उचित अवसर चाहिएको छ । वर्तमानमा देखिँदै आएको व्यक्तिगत कार्य व्यस्ततालाई समेत दृष्टिगत गर्दा व्यक्तिलाई आफ्नो व्यक्तित्व विकास गर्ने कार्यमा सहभागी हुने अवसरको खाँचो भएको छ । समुदायमा योजना निर्माण गरी त्यसको कार्यान्वयन गरेर अनुभव लिनुपरेको छ । जसबाट व्यक्तिको कार्यक्रम सञ्चालन सीपमा परिपक्वता आउन सकोस् । यसर्थ आजका युवाको व्यक्ति र समुदायको विकासका लागि योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने कार्यमा सक्रिय सहभागिता रहनका लागि जेसीजले आफ्नो मैदान उपलब्ध गराउँदै आएको छ ।


४. समुदायका व्यक्तिबीच उचित वातावरणमा आवश्यक सहयोग आदनप्रदान समुदायमा रहेका व्यक्ति व्यक्तिबीच मैत्रीपूर्ण सद्भावना वृद्धि गर्न तथा सहयोगका भावनाको वृद्धि गर्न सकिँदैन भने त्यो समुदाय, समुदाय रहँदैन । अन्य निकायले कुनै पनि कार्य सम्पादन तथा सञ्चालनका लागि त्यस समुदायलाई विश्वास गर्न सक्दैन । यसबाट समुदायलाई त बेफाइदा हुन्छ नै, त्यसका साथसाथमा त्यस समुदायका व्यक्तिलाई समेत आधात पुग्न जान्छ ।
यसर्थ आफू रहेको समाजलाई समुदायमा उचित सद्भावना पाउने क्षमतामा अभिवृद्धि गर्नुपर्दछ । समुदायको उत्थानका लागि र सदस्यको सामाजिकीकरणका निमित्त असल समाजको मार्गचित्र पाउनका लागि समुदायमा रहेका व्यक्तिको सामूहिक आवश्यकतालाई सम्बोधन गर्दै त्यसको कार्यान्वयनमा कार्यसम्पादन गर्नु पर्दछ । यसका लागि समुदायका व्यक्तिबीच उचित वातावारणमा आवश्यक सहयोग आदनप्रदान गर्न सक्नु पर्दछ ।


५. युवामा आर्थिक विकासका सम्भावनावृद्धि गर्ने र आर्थिक विकासका कलाको व्यवहारिक ज्ञान उपलब्ध गराउन जेसीजले भूमिका खेल्छ ।
राष्ट्रहरूले अपनाएको निजीकरण, उदारीकरण र खुला नीति तथा विश्वन्यापी रूपमा आएको विश्व व्यापारको नीति अनुरूप आर्थिक विकासमा नयाँ चुनौती देखापरिरहेका छन् । यसै परिवेशमा आर्थिक विकासका सम्भावना पत्ता लगाउन जटिल हुँदै गएको छ । आर्थिक विकासका सम्भावना कसरी व्यवहारमा उतार्ने, कुन मार्गमा लैजाने तथा हिँड्ने भन्ने कुरामा अन्योलहुन सक्छ । यो अन्योल हटाउन निकै मिहिनेत गर्नुपर्ने र आवश्यक सीप सिक्नु जरुरी हुन आउँछ । यसर्थ जेसीजले आर्थिक विकासका सम्भावना पहिल्याई तीमाथि तालिम, अन्तत्र्रिmया, व्यावहारिक सीप तथा प्रस्तुति एवं ग्रहणका कलालाई जोड दिने क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । जसद्वारा समुदायका युवालाई आर्थिक विकासका सम्भावना वृद्धि गर्ने र उनीहरूलाई आर्थिक विकासका कलाको व्यवहारिक ज्ञान उपलब्ध गराउन सकिन्छ ।

तपाईको प्रतिक्रिया