जोमसोम—कोरला सडकखण्डमा ठाँडो खोलाको पानी चिसोले बरफ बनेर जमेपछि सवारी साधनलाई निकै सास्ती
उपल्लो मुस्ताङमा चिसोले सडक सास्ती

जोमसोम—
उपल्लो मुस्ताङको लोमान्थाङमा अत्यधिक चिसोका कारण शाखा नदी बरफ बनेर जमेपछि आईतबार डोजरको सहायताले पन्छ्याईएको छ । लोमान्थाङ बजार नजिकै जोमसोम—कोरला सडकखण्डमा ठाँडो खोलाको पानी चिसोले बरफ बनेर जमेपछि सवारी साधनलाई निकै सास्ती परेपछि सडक सफा गरिएको हो ।
लोमान्थाङको ठाँडो शाखा नदी जमेपछि जोमसोमबाट लोमान्थाङ प्रस्थान गरेका विभिन्न सवारी साघनहरु लोमान्थाङ प्रबेश गर्न सकेका थिएन । नदी जमेपछि सवारी साधन चिप्लिने र दुर्घटना हुने अवस्था रहेकोमा युवाहरुले लोघेकर दामोदरकुण्ड—१ मराङबाट डोजर मगाएर खोलामा जमेको पानी पन्छयाईएको लोमान्थाङका स्थानीय लाक्पा वाङ्दी गुरुङले जानकारी दिए ।उनका अनुसार लोमान्थाङ—५ का स्थानीय युवाहरुको सक्रियता बरफ बनेको सडकको पानी सफा गरेको उल्लेख गरे ।उनका अनुसार लोमान्थाङ खोलामा बरफ बनेको पानी पन्छ्याईएपछि यातायातका साधनलाई आउजाउमा सहज भएको जनाए ।उनले भने,‘ अहिले त खोलामा जमेको पानी पन्छ्याएका छौं ,हिउँद पुरै बाँकी छ । एक दुई दिनमा फेरी उस्तै हुन्छ ।’
यस्तै, अत्यधिक चिसोका कारण उपल्लो मुस्ताङका दर्जनौ शाखा नदीहरु जम्ने गरेको पाईएको छ । बेनी—जोमसोम सडकखण्ड अन्तर्गत समर खोला,भेना खोला ,घमी खोला ,चराङ खोला,लोमान्थाङ खोला र छोसेर खोला लगायतका शाखा नदी अत्यधिक चिसोले जम्ने गरेको लोमान्थाङका अर्का स्थानीय आङ्गेल गुरुङले जानकारी दिए । तिब्बतको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको सीमाना कोरलानाका आसपास सेताम्मे हिउँको चाङ थुप्रिएको उनले बताए ।उपल्लो मुस्ताङमा दिउँसोको समयमा माईनस ५ डिग्री तापक्रम रहेपछि बिहान र बेलुकीपखको तापक्रम माईनस २० डिग्रीसम्म तापक्रम पुग्ने गरेको उनले उल्लेख गरे । ‘दिउँसो घाम लागेमात्र बाहिर निस्कन्छौं ,नत्र घर भित्रै गुईठा बालेर बस्ने गरेका छौं ।उनले भने ।’

उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण स्थानीयको दैनिकी कष्ठकर बनेको छ । चिसोका कारण घरका धाराहरु जमेपछि खानेपानीको सुविधाबाट बञ्चित बनेका छन् । उनीहरुले कुलो र खोलामा जमेको पानी घरमा तताएर प्रयोग गर्ने गरेका छन् ।चिसोका कारण उच्चलेंकबाट बस्ती स्थान्तरण गरिएका याकचौरी र भेडा÷च्यांग्रालाई पशु आहारा दिन र उनीहरुलाई सुरक्षित ब्यवस्थापन गर्न समेत असहज बनेको छ ।चिसोकै कारण गाउमा बसेका स्थानीयहरु कठाङ्रिदै हिउद कटाउन बाध्य छन् ।
उपल्लो मुस्ताङमा बर्सेनि एकबाली मात्र खेतीपाती हुने गर्छ । खेती गरिएको अन्नले ६ महिना पनि थेग्दैन ।त्यहाका स्थानीयलाई बाह्रै महिना गुजारा चलाउन एक मात्र बिकल्प हो बेसी झरेर घुम्ती ब्यापार । उपल्लो मुस्ताङीले सदिंयौं वर्षदेखि यही परम्परालाई पछ्याईरहेका छन् । यसवर्ष पनि विगत झै अधिकांश उपल्लो मुस्ताङी जाडो छल्न र घुम्ती ब्यापारमा निस्किएका छन् । गाउँका कतिपय घरमा एक जना कुरुवा छोडेर जिल्ला छोडेका छन् भने कतिपयले पुरै घर बन्द गरी जिल्ला छोडेका छन् ।लोमान्थाङ गाउँपालिकामा मात्रै ८० प्रतिशत स्थानीय जाडो छल्न बेसी झरिसकेको लोमान्थाङ गापाका कर्मचारी सुरेश घिमिरेले जानकारी दिए । यस्तै,उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापामा ५० प्रतिशत स्थानीयले जिल्ला छोडिसकेको बताईएको छ ।स्थानीयबासी नहुँदा उपल्लो मुस्ताङ सुनसान जस्तै बनेको छ । चिसोले सरकारी सेवा समेत प्रभावित बनेको छ ।
चिसोका कारण उपल्लो मुस्ताङमा पर्यटकको उपस्थिती सुन्य हुन थालेपछि लोमान्थाङ,चराङ र घमीका पर्यटन ब्यवसायी जाडो छल्न बेसी झरिसकेको लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।उनका अनुसार यसैवर्षदेखि नेशनल ग्रीडको बिजुली पुगेकाले स्थानीयलाई जाडो छल्न केही राहत पुगेको छ । गापा अध्यक्ष बिष्टले हिउँदयामको अत्यधिक चिसोसंगै उपल्लो मुस्ताङमा भईरहेका संघ÷प्रदेश र स्थानीय तहका सबै विकास योजनाको काम पुरै ठप्प भएको जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया