निर्वाचनको एक महिना अघि नै उम्मेदवार फाइनल, सबै इकाइमा सम्पर्क कार्यालय

समाधान संवाददाता २०७८ पुष २१ गते १७:३३


पोखरा । कास्की एकमा हार्दिकता एवम सुझाव संकलन बैठक सम्पन्न भएको छ । बैठकमा कास्की १ का सबै जिम्मेबार नेता कार्यकर्ता क्षेत्र का सबै तह का प्रत्यासी हरूको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकको सुरुआतमा कास्की प्रदेश १ क मा १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचित सभापति दुर्गा प्रसाद सुबेदी लाई हारेका प्रत्यासी मुराहरी कोईरला ले फुलगुच्छा दिएर अंकमाल गर्दै हार्दिकता ज्ञापन गरेका थिए । उनले कार्यकाल र प्रतिस्पर्धी भए पनी शुभकामना दिएका छन् ।


यस्तै बैठकले जनजन कांग्रेस–घरटोल संगठन भन्ने नारा सहित क्षेत्र नम्बर १ का ३० वटै इकाई कार्यालय अफिस खोलेर आक्रमक रूपमा संगठन निर्माण अभियान सुरु गर्ने देखि ३ तहका निर्वाचनमा एक महिना अघि नै उम्मेदवार छनौट सकाउने निर्णय गरेको छ । बैठकले तहगत विज्ञ प्रशिक्षण खोल्ने देखि विविध ७ बुदामा निर्णय गरि पारित गरेको छ कास्की एकका सचीव सरोज केसीले जानकारी दिए ।


बैठकमा अध्यक्षता क्षेत्रिय सभापती राजेन्द्रमणी लामीछानेले गरेका थिए भने कोपिला रानाभट, कृष्ण बहादुर केसी, किशोर दत्त बराल,सुदीप मोहन भट्टराई,देवेन्द्र रानाभाट,गिरीराज गौतम,नन्दुप्रसाद तिवारी,दुर्गा सुबेदी,कृष्ण कोईरला,याम गुरुंग,चतुराखर अधिकारी,ओम प्रकाश गुरुंग,कास्की १ कै ३० वटै इकाई का जिम्मेबार नेता कार्यकर्ता १४ औ महाधिवेशन को चुनाबमा सहभागी उपस्थिति भएको थियो । बैठकमा उपस्तिथि अतिथिहरूबाट सुझाब संकलन समेत गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया