एमाले कास्कीमा ८५ प्रतिशत मत खस्याे

समाधान संवाददाता २०७८ पुष २७ गते १४:०९

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीको १० औं अधिवेशनबाट नेतृत्व चयनका लागि मतदान जारी छ ।


पोखरा सभागृहमा भएको मतदानमा ७ सय ८६ मतदान खसिसकेको निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए । अधिवेशनमा ९ सय १९ जना मतदाता रहेका छन् । यसरी हेर्दा कुल मतदाताको ८५ प्रतिशत मतदान खसिसकेको हो ।

कास्की कमिटीमा नेतृृत्वमा अध्यक्षमा मनबहादुर गुरुङ र दामोदर बैरागीको प्रतिस्पर्धा हुँदै छ । उपाध्यक्षमा तेजनारायणा अधिकारी र प्रभा कोइराला सचिवमा बैनबहादुर अधिकारी क्षेत्री, विष्णुबहादुर केसी, उपसचिवमा दर्शन लामा, नवराज वोझा, मनभुजा विक, सुनकुमारी भुजेल र इमानराज पौडेल चुनावि मैदानमा छन् ।

Advertisement


यसअघि आइतबार र सोमबार केही भौगोलिक तथा गैरभौगोलिक क्षेत्रका उम्मेद्वार निर्विरोध चयन भइसकेको छ । निर्विरोध हुन नसकेका क्षेत्रमा मतदान अन्तिम चरणमा पुगेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया