पीसीआर परीक्षण मूल्य घट्यो

समाधान संवाददाता २०७८ माघ ५ गते १७:११

पोखरा ।
सरकारले कोरोना परीक्षण शुल्कमा परिमार्जन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा ८ सय र निजी प्रयोगशालामा एक हजार पाँच सय अधिकतम शुल्क निर्धारण गरिएको हो । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणका लागि एक हजार र निजीमा २ हजार रुपैयाँ तोकेको थियो ।


यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षण शुल्क अत्यधिक भएको भन्दै घटाउन निर्देशन दिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया