प्रधानमन्त्रीले आज ३ बजे देशबासीलाई सम्बोधन गर्ने

समाधान संवाददाता २०७८ माघ ७ गते ११:२२

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउनेछन्।

प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

Advertisement

देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए।

सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया