सडेन डेथमा पुलिसको जित

अभिषेक अधिकारी २०७८ माघ ७ गते २१:०५

अभिषेक अधिकारी
पोखरा ।
पोखरा रंगशालामा जारी २० औं संस्करणको आहारारा गोल्डकपको प्रिक्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदीसँगको क्वाटर फाइनल यात्रा तय गरेको छ । शुक्रबारको प्रतिस्पर्धामा ९० मिनेटको खेल १–१ बराबरीमा रेकियो । अतिरिक्त ३० मिनेटमा समेत थप गोल नहुँदा खेल सडेन डेथमा पुग्यो । पुलिसले सडेन डेथमा ६—५ को जित निकाल्यो ।


खेलको ९ औं मिनेटमा हिमालयनका उलरिच सिवेले पुलिसका रवि पासवानलाई फाउल गरेपछि पाएको फ्रिकिकलाई पुलिसका प्रताप गुरुङले सही मार्ग दिन नसक्दा बल क्रसबारको केहीमाथिबाट बाहिरियो । २९ औं मिनेटमा पुलिसको लगातार दुई प्रहार हिमालयन गोल रक्षका किशोर गिरीले उत्कृष्ट बचाउ गरे । पुलिसका राम वाजेले गरेको पहिलो प्रहार गिरीले डाइभिङ गर्दै क्लियर पारे । नीरकुमार राईको दोस्रो प्रहार पुन गिरीले उत्कृष्ट बचाउ गर्दै हिमालयनको समस्या टारे । पुलिसले पहिलो हाफमा पाएको अन्य दुई फ्रिकिकलाई पनि सदुपोयोग गर्न सकेन ।


लगत्तै खेलको ३८औं मिनेटमा एट्याकिङमा उत्रिएको हिमालयनका कप्तान विश्वास श्रेष्ठले डिबक्स बाहिरबाट ग्रासबल प्रहार गरे । उनको त्यो प्रहार पोस्टको केही टाढा पुग्यो । पुलिसका तीर्थ रानाको लामो दुरी प्रहारले पनि पोस्टको बाटो लिएन । खेलको ४५ औं मिनेटमा हिमालयनका सुरेश कुमालको प्रहार पुलिसका गोलरक्षक सञ्जीत श्रेष्ठले बचाउ गर्दा नरोकिएपछि डिफेन्डरले बल सम्हाल्दै खतरा टारे ।

Advertisement


दोस्रो हाफपछिको खेलमा पुलिस निकै आक्रामक देखियो । खेलको ५२ मिनेटमा नै पुलिसका नीरकुमार राईले उत्कृष्ट गोल गरे । उनले हिमालयनका किपरलाई सजिलै बिट गरेका थिए । हिमालयनले दोस्रो हाफको ६ औं मिनेटमा गोल बेहोर्दा निकै सम्हालिएर खेल्यो । ५५ औं मिनेटमा हिमालयनका जीवन गुरुङले गरेको प्रहार पुलिसका गोलरक्षक श्रेष्ठले सजिलै बचाउ गरे । ५८ औं मिनेटमा हिमालयन कप्तान सुमन सुवेदीले डिबक्स बाहिरबाट कर्भसट प्रहार गर्दै टिमलाई ६ मिनेटमै खेलमा फर्काए ।


खेलको ५९ औं मिनेटमा नीरकुमार राईको प्रहार ९० मिनेटअघि नै विजयी गोलका लागि तल्लीन दुवै टोलीले थप गोल गर्न सकेनन् । इन्जुरी समय २ मिनेटमा पनि थप गोल नहँुदा अतिरिक्त समयमा खेल लम्बियो । अतिरिक्त समयको दोस्रो मिनेटमा पुलिसका भोलानाथ सिलवालले प्रहार गरेको फ्रिकिकलाई तीर्थ रानाले हेडिङ गर्ने क्रममा बललाई क्रसबारको माथि पु¥याए । हिमालनका पिसनेल मुटुम्बाको पासमा कप्तान विश्वास श्रेष्ठले प्रहार गर्न लाग्दा पुलिसका डिफेन्डरले उक्त प्रहारलाई रोके । पुन काउन्टरमा उत्रिएको हिमालयनका नीरकुमार राईले डिबक्सभित्र पुलिसका दुई डिफेन्डरलाई बिट गरे प्रहार गर्ने क्रममा उनलाई पुन पुलिसका डिफेन्डरले विफल पारे । खेलको अन्तिम मिनेटमा हिमालयन स्टराइकर पिसनेलले एकल मैका पाए । बाउन्स बल सम्हाल्न नसक्दा उनले त्यो अवसरलाई त्यत्तिकै खेर जान दिए ।

Advertisement


खेल अतिरिक्त समयमा धकेलिन थालेपछि नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले आफ्ना गोलरक्षक परिवर्तन गरे । सञ्जित श्रेष्ठको विकल्पमा उनले टाईब्रकरको खेलमा रोशन खड्कालाई चुने । अन्तत खेल टाइब्रेकरमा लम्बियो । टाईब्रेकरमा पहिलो पेनाल्टी मैका पुलिसका तीर्थ रानाले लिए र मौका खेर जान दिएनन् । हिमालयन शेर्पाका डिफेन्डर उलरिच सिवेको प्रहार पोस्टमा लागेर बाहिरियो । खेलमा पहिलो गोल गरेका नीरकुमार राईले पोनाल्टीमा पनि चुकेनन् ।

हिमालयनका दोस्रो पोनाल्टी प्रहार गर्न आएका त्रिदेव गुरुङले टाईब्रेकरमा गोल गर्दै हिमालयनको गोल खाता खेले । त्यस लगत्तै पुलिसका कप्तान सुमन सुवेदी र हिमालयनका आशीष गुरुङले पनि मैका खेर जान दिएनन् । चौथो पेनाल्टी प्रहार गर्ने क्रममा पुलिसका कपिल ढकालले बललाई क्रसबारभन्दा निकै माथि पु¥याए । हिमालयनका मुटुम्बाले गोल गर्दै टाईब्रेकर ४–४को बराबरीमा पु¥याए । पुलिसका खेलाडी भोलानाथ सिलवाल र हिमालयनका कप्तान विश्वास श्रेष्ठको गेल सँगै टाइब्रेकरमा बराबरीसँगै सडेन डेथमा लम्बियो ।


सडेन डेथको पहिले पेनाल्टीमा दुवै हिमालयन र पुलिसका खेलाडीले गोल गरे । दोस्रो पेनाल्टीमा पुलिसका राम वाजेको प्रहार हिमालयन गोलरक्षक किशोर गिरीले अन्दाज लगाउन सकेनन् र गोलमा परिणत भयो । हिमालयनका तर्फबाट दोस्रो सडेन डेथको पेनाल्टी अवसर पाएका पूर्णबहादुर गुरुङको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट डाइभिङसहित बचाउ गरे । सडेन डेथमा पुलिसले हिमालयनलाई ६–५ ले पराजित गर्दै आइतबार मनाङ मस्र्याङदीसँगको भेट पक्का गरेको छ ।

तपाईको प्रतिक्रिया