माइकल कर्माचार्य कास्की कांग्रेस कोषाध्यक्ष नियुक्त

समाधान संवाददाता २०७८ माघ ८ गते १५:४३

पोखरा ।

नेपाली कांग्रेस कास्कीको कोषाध्यक्षमा व्यवसायी माइकल कर्माचार्य नियुक्त भएका छन् । पार्टीका जिल्ला सभापति किशोरदत्त बरालको सभापतित्वमा शनिबार बसेको जिल्ला समितिको बैठकमा सभापति बरालले कर्माचार्यलाई कोषाध्यक्ष नियुक्त गर्न राखेको प्रस्ताव पारित भएको सचिव भानु ढकालले जानकारी दिए ।

कर्माचार्य ग्रुपका निर्देशक माइकलले जिल्ला कार्यसमितिको निर्वाचनमा खुलाबाट सदस्य जितेका थिए । कांग्रेस विधानमा निर्वाचित सदस्यमध्ये एकजनालाई सभापतिले कोषाध्यक्ष नियुक्त गर्न सक्ने प्रावधान छ ।

Advertisement

बैठकले पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारीलाई जिल्ला प्रशिक्षण शाखाको संयोजक नियुक्त गरेको छ । बैठकले कोभिड १९ विरुद्धको खोप प्रभावकारी रुपमा जनतालाई उपलब्ध गराउन माग गर्ने निर्णय पनि गरेको छ। पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि र यातायातका साधनको भाडा वृद्धि विरुद्ध रचनात्मक आन्दोलन गर्न पार्टीले भातृ संस्थाहरुलाई निर्देशन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया