प्रचण्ड पत्नी सीता आईसीयूमा
समाधान संवाददाता
२०७८ माघ ९ गते ११:५२

समाधान संवाददाता, पाेखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई काेराेना संक्रमण भएकाे छ ।
विगत ३ दिन देखि उनकाे उपचार काठमाण्डाैंकाे मेडिसिटी अस्पतालमा भैरहेकेा छ । छातीमा निमाेनिया समेत देखिएकाले उनलाई आईसीयूमा राखेर उपचार गरिएकाे र स्वास्थ्य अवस्था स्थीर रहेकेा बताइएकाे छ ।
सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी -पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन् ।
अध्यक्ष प्रचण्ड पनि केही दिन अघि काेराेना संक्रमित भएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया