म्याराथनलाई एनटिएचएमसी र कुमुदिनीको थप सहयोग

समाधान संवाददाता २०७८ माघ २३ गते १८:१६


पोखरा ।
आसन्न १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) र कुमुदिनी होम्स माविले थप पुरस्कार राशि घोषणा गरेका छन् ।


पोखरा १४ स्थित एनटिएचएमसीले पोखरा म्याराथन अन्तर्गत हुने १० किमी महिलातर्फको पुरस्कार राशि २० हजार र पोखरा ४ स्थित कुमुदिनीले छात्रातर्फको प्रथम पुरस्कारको राशि १२ हजार प्रदान गर्ने घोषणा गरेका हुन् । शनिबारमात्रै पुरुषतर्फको प्रथम र छात्रतर्फको प्रथम पुरस्कार घोषणा गरेका २ शिक्षण संस्थाले पुनः महिला र छात्रातर्फको नगद पुरस्कारसमेत प्रदान गर्ने भएको नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।


पोखरा म्याराथन आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका सल्लहाकार तथा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्षसमेत रहेका अशोक पालिखेले पोखरा म्याराथनमा २ शिक्षण संस्था जोडिनु गर्वको विषय रहेको बताए । ‘हिजो हामीले पुरुषतर्फको मात्रै पुरस्कार राशि घोषणा गरेका थियौं’, उनले भने, ‘छात्रा र महिलालाई समेत खेलकुदमा आकर्षण बढाउन हामीले यी दुई पुरस्कार राशिलाई समेत प्राथमिकता दिएका हौं ।’

Advertisement


दुवै शिक्षण संस्थाले पुरस्कार राशिमा ६४ हजार नगद सहयोग गर्ने भएको अध्यक्ष पराजुलीले बताए । उनले फागुन ७ गते हुने खुला म्याराथन र महिलातर्फको हाफ म्याराथन सफल बनाउन आग्रहसमेत गरे ।

Advertisement

तपाईको प्रतिक्रिया