१३ गते केपी ओली पोखरा आउने

समाधान संवाददाता २०७८ फागुन ९ गते १७:४४

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी ओली फागुन १३ गते पोखरा आउने भएका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय विशेष कार्यक्रममा भाग लिने ओली पोखरा आउन लागेका हुन् ।

एमाले गण्डकी सचिव धनञ्जय दवाडीका अनुसार आसन्न निर्वाचन केन्द्रित कार्यक्रमका लागि ओली पोखरा आउन लागेका हुन् । ओली पोखरा आउने कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गराउने तालिकासमेत छ ।

Advertisement

अध्यक्ष ओली फागुनमै अर्को २ चोटि पनि पोखरा आउने कार्यक्रम रहेको उक्त पार्टीका नेताहरु बताउँछन् । २३ गते मानव अधिकार एलाइन्सको महाधिवेशन र २७ गते प्रेस चौतारीको महाधिवेशनमा ओली पोखरा आउने भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया