पल शाह विरुद्धको जाहेरी यस्तो छ – धोका दिन्न भनी जबर्जस्ती करणी

समाधान संवाददाता २०७८ फागुन ११ गते २१:२३


पोखरा ।

कलाकार पल शाह विरुद्ध जबरजस्ती करणीको जाहेर तनहुँ जिल्ला प्रहरी कार्यालयमा परेको छ । त्यो जाहेरी निम्नानुसार रहेको छ :


(क) कसूर भएको वा भइरहेको वा हुन लागेको स्थान ठाउँ, मिति र समयः मिति २०७८/०१/१४ गते राति जिल्ला तनहुँ शुक्लागण्डकी नपा वडा नम्बर ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक ।

Advertisement


(ख) कसूरसँग सम्बन्धित घटनाको विवरण ः म जाहेरवाला परिवर्तित जिल्ला ३९ अन्तर्गत सानो कृषि पेसा व्यवसाय गरी श्रीमती, छोरी छोरासहित ५ जनाको परिवार बस्दै आइरहेकोमा मेरी छोरी वर्ष १६ की परिवर्तित नामथर ०७८÷७९ व्यास १२ विगत ३ वर्षदेखि गायन क्षेत्रमा ख्याति कमाई स्वर राम्रो भएको कारण सामाजिक सञ्जालहरुमा समेत चर्चित भई इज्जत प्रतिष्ठा कमाउने काम गरेकी छन् यसै क्रममा विभिन्न राष्ट्रिय कलाकारहरुसँग भेटघाट भई आफ्नो कला प्रस्तुत गर्दै आइरहेकी थिइन् ।
विगत अन्दाजी ३ महिना अगाडिदेखि छोरी गीतसंगीतमा त्यति धेरै मन नलगाउने एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी म समेतले कुरा गर्न खोज्दा छोरीले आफ्नो कुरा खुलाउन चाहिनन् र म समेतले छोरीको पहिलाको र हालको स्वभाव तथा आफ्नो कलाकारिता प्रतिको नगस्यता देखेपछि उनलाई निकै अनुरोध पश्चात निजले आफ्नो घटनाको बारेमा बताए अनुसार प्रकरण नं. ३ मा उल्लेखित नेपाली सिने जगतका प्रख्यात कलाकार पूर्णविक्रम शाह (पल शाह)सँग मिति २०७७/०६/२२ गते (तदनुसार ई.स. ०८—१०—२०२०) गते काठमाडौंमा पिपलु वर भन्ने बोलको गितको भिडिओ सुटिङ गर्ने क्रममा पहिलो पटक भेटघाट भई फेसबुक आईडी र फोन नम्बरसमेत आदानप्रदान भएको रहेछ क्रमिक रुपमा नाबालक छोरीसँग भेट हुँदा निज पूर्णविक्रम शाहले देखावटी रूपमा माया प्रेम गरेको बाहना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् ।

उमेर पुगेपछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनी जबर्जस्ती करणी गरेका रहेछन्

Advertisement


निज पूर्णविक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा पिपलु वर, माया कति सम्झने तथा सुर्ती माड्दा माड्दै लगायत म्युजिक भिडियोमा सँगै मोडलको रुपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँसमेतका स्थानमा सुटिङ सकेर राति होटलहरुमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हुन नसकेको रहेछ ।


यसै क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्णविक्रम शाह, दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग मेरी नाबालक छोरी परिवर्तित नामथर ०७८÷७९ व्यास –१२ एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कंदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाका बखत समेत बालयौन दुरुपयोग गरी संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्ने जस्ता कार्यसमेत गरेको र मिति २०७८÷०१÷०२ गते काठमाडौं पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडांैको बसाइमा सामान्य भेटघाटसमेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात निज प्रतिवादी पूर्णविक्रम शाह (पल शाह) ले फोन गरी सुटिङका लागि म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरास्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउको हल्ला चलेको हुँदा छोरी पनी काठमाडौं जानुपर्ने भएको हुँदा मिति २०७८/०९/१४ गते साँझ ७ बजे पोखराबाट काठमाडौं फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका नपा वडा नं. ४ दुलेगौडास्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी परिवर्तित नामथर ०७८।७९ व्यास –१२ दिनभरिको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्णविक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राति अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राति अं. १२ बजेतिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेक र तुरुन्तै छोरीको कोठा ढकढक गर्न आएका रहेछन् ।


छोरीले कोठा खोलीदिएपश्चात निज प्रतिवादी छोरी सुतेको कोठामा आएर छोरीलाई ललाईफकाई माया प्रेम गरेको बाहना बनाई तिमीले काठमाडांैको कोठा सर्नुप¥यो, म तिम्रो कोठामा दिन दिने आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुनेँ भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगेपछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनी जबर्जस्ती करणी गरेका रहेछन्, छोरीलाई माया गरेको देखाउनका लागि वारदातको भोलिपल्ट ढोरबाराही मन्दिर समेत घुमाई, दुलेगौंडाको सुटिङ सकेर काठमाडौं गएका रहेछन् ।


निज प्रतिवादीले यसभन्दा पहिले पनी मिति २०७७÷०९÷१० गते पोखरास्थित होटल प्राइममा र मिति २०७७÷१२÷०७ गते चितवनस्थित गैडाकोट रिसोर्टमा पटकपटक जबर्जस्ती करणी गरेका हुँदा यसरी मेरी नाबालिका छोरी परिवर्तित नामथर ०७८१७९ व्यास १२ लाई माया प्रेम गरेको विभिन्न गीतहरुको सुटिङ हुँदाको बखत छोरीको हेरविचार गरेको बहानासमेत गरी माया प्रेमको झुठा नाटक गरी जबर्जस्ती करणी गर्ने निज पूर्णविक्रम शाह भन्ने पल शाह) लाई मुलुकी अपराध संहिता २०७४ को दफा २९९(१) विपरीतको कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी कानुन बमोजिम गरी ऐ. संहिताको दफा २२८ बमोजीम पीडितलाई उचित क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ ।

(बालिकाका पिताले दिएको जाहेरी)

तपाईको प्रतिक्रिया