स्थापना दिवस मनाउँदै रुपा

समाधान संवाददाता २०७८ फागुन १३ गते १२:०६

पोखरा ।
स्थापना दिवसमा कास्कीको रुपा गाउँपालिकाले खेलकुद लगायतका विविध कार्यक्रम गर्न लागेको छ । सोही अवसरमा पालिकाले अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०७८,रुपा गाउँपालिका स्तरीय प्रतियोगितात्मक झाँकी प्रदर्शन तथा माला प्रतियोगिता गर्न लागेको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।


युवालाई खेलकुदको माध्यमबाट शारीरिक, मानसिक र व्यक्तित्व विकास गर्ने उद्देश्यले पालिकाले ‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ फागुन २३ देखि प्रतियोगिता गर्न लागेको हो । पालिकाले गण्डकी प्रदेशका स्थानीयतहको प्रतिस्पर्धा हुने गरी प्रथम अध्यक्षकप २०७५, अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०७६, २०७७ गरिसकेको छ । गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, प्रथम रुपमा डान्स आइडल २०७६पनि भइसकेका छन् ।


भलिबलतर्फ प्रथम,द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः १ लाख २० हजार, ९० हजार, ६० हजार र ३० हजार नगद पाउने छन् । उत्कृष्ट खेल प्रदर्शनतर्फ बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट लिब्रोले जनही ३हजारपाउने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद ५ हजार र अनुशासित समूहले मायाको चिनो पाउनेछ ।‘युवा तथा खेलकुदको विकासका लागि एक वडा एक खेल मैदान निर्माणअघि बढेको छ,’अध्यक्ष ओझाले भने, ‘गाउँपालिका स्तरीय कबर्ड हल र प्याराफिटसहितको रंगशाला प्रदेश र संघ सरकारको समन्वयमा निर्माण भइरहेको छ ।’

Advertisement

पालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा प्रथम हुनेले ४०हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार प्राप्त गर्ने छन् । पालिकामा लोप हुन लागेको संस्कृतिको जगेर्ना गर्न झाँकी प्रदर्शन गर्न लागिएको हो ।

Advertisement


वडा नम्बर १को बोटे समुदायको अनिवार्य सहभागिता रहने गरी ५ समूहले भाग लिनेव्यवस्था मिलाइको छ । वडा नम्बर २बाट दलित समुदायका अनिवार्य सहभागिता रहने गरी ६ समूह, वडा नम्बर ३ बाट कुमाल समुदाय अनिवार्य सहभागी हुने गरी ५ समूह, वडा नम्बर ४ बाट ठकुरीको अनिवार्य सहभागी हुने गरी ४ समूह, वडा नम्बर ५ बाट गुरुङ र नेवार जाती अनिवार्य सहभागी हुने गरी ६ समूह, वडा नम्बर ६ बाट मुस्लिम जातिकोअनिवार्य सहभागी हुने गरी ८ समूह र वडा नम्बर ७ बाट नेवार जातिको अनिवार्य सहभागिता हुने गरी ६ समूहले भाग लिने गरी बृहत रुपा झाँकी प्रदर्शन प्रतियोगिता गर्न लागिएको हो ।
माला प्रतियोगितामा प्रथम हुनेले ६ हजार ६ सय ६७, द्वितीय हुनेले ४ हजार र तृतीय हुनेले २ हजार ६ सय ६७ पाउने छन् । स्थानीय स्तरमा उत्पादन गरिएको फूलको मालामात्र प्रतियोगितामा समावेश हुनेछ ।

दिवसको अवसरमा लगातार ५ दिन कार्यक्रम हुने्छ । फागुन २७ गतेको समापन कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृति प्रस्तुति रहनेछ । प्रतियोगिताका विजेता तथा उप–विजेतालाई समापन समारोहमा पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रममा रुपामा जन्मेर चिकित्साशास्त्रतर्फ एमडी गरेका तथा विद्यावारिधि गरेकालाईरूपा रत्न सम्मान २०७८ प्रदान गरिनेछ । नेपालमा स्थायी बसोबास गरेका र नेपालभित्रका विश्वविद्यालयमा अध्ययन गरी स्वर्ण पदक प्राप्त गरेका व्यक्तिलाई ताम्रपत्र र दोसल्लाबाट सम्मान गर्ने कार्यक्रम छ ।


सबै समारोहलाई व्यवस्थित रुपमा सम्पन्न गर्न उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । भलिबल खेलकुद सञ्चालन समितिको संयोजक दीपककुमार आले र सदस्य सचिव अशोक परियार छन् । झाँकी परिचालन तथा यातायात व्यवस्थापनको संयोजक नारायण गुरुङ, सदस्य सचिव वृहस्पति अधिकारी छन् । मञ्च व्यवस्थापन समितिकोसंयोजक दयासागर सुवेदी, सदस्य सचिव राजु पौडेल, अतिथि सत्कार तथा स्वागत समितिको संयोजक हिता रुपाखेती, सदस्य सचिव संगीता गौतम छन् ।


माला प्रतियोगिता व्यवस्थापन एवं परिचालन उपसमितिको संयोजक सरिता सुनार, सदस्य सचिव कृष्ण शर्मा पौडेल, खाजा व्यवस्थापन समिति संयोजक रामजी अधिकारी, सदस्य सचिव सुजन तिवारी,स्वयंसेवक परिचालन समितिको संयोजकमुकुन्दबहादुर वंशी,सदस्य सचिव सञ्जयदत्त ढकाल तथा ताम्रपत्र व्यवस्थापन संयोजक, टेक बहादुर गुरुङ, सदस्य सचिव हेमराज शाही छन् ।

तपाईको प्रतिक्रिया