बलेवा विमानस्थलमा कालोपत्र जारी

समाधान संवाददाता २०७८ फागुन १३ गते १२:१८


गलकोट –लामो समयदेखि कालोपत्रको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीय आशावादी भएका छन् ।


अहिले विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न गर्नुपर्ने काम पटक पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

Advertisement


यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रको काम फागुन मसान्तभित्रै सकिनेछ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७ सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एन्ड कम्पनी जेभी, बल्खुसँग ७ करोडमा ठेक्का सम्झौता गरेको थियो ।


विभिन्न समस्याका बाजुत पनि विमानस्थलको धावनमार्गको कालापत्रेले तीव्रता पाएको निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिए । कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक पटक प्रभावित बनेपनि अहिले कालोपत्रे कामले तिब्रता पाएको उनले जानकारी दिए ।

Advertisement


धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेल समेत भइसक्दा समेत सम्पन्न भइसकेको थियो । मौसम र प्रविधिले साथ दिएमा १ हप्तामै कालोपत्रेको काम काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले जानकारी दिए ।
विमानस्थल कालोपत्रेको ठेक्का चैत्र मसान्त सम्ममात्रै रहेकोे प्राधिकरणले जनाएको छ । कालोपत्रे निर्माणसंगै विमानस्थलको काम सम्पन्न हुनेछ । २६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेको र त्यसको फलस्वरुप अहिले विमानस्थल धमाधम कालोपत्रे भइरहेको र जहाज चलाउन अब समस्या नहुँने बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।


बागलुङ १४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।


नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एरलाइन्स तथा तारा एरलाइन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधार र धावमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।(रासस)

तपाईको प्रतिक्रिया