मुस्ताङमा सशस्त्र प्रहरीलाई वन्यजन्तु  अपराध नियन्त्रण सम्वन्धि तालिम

सुन्दरकुमार थकाली २०७८ फागुन १८ गते १६:२२
फोटो क्याप्सन ः मुस्ताङमा शसस्त्र प्रहरीलाई वन्यजन्तु  अपराध नियन्त्रण सम्वन्धि तालिम । तस्विर ःसुन्दरकुमार थकाली ।

जोमसोम—

संरक्षित वन्यजन्तु को अवैध चोरी÷शिकारी ,ब्यापार तथा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलको क्षमता विकास गर्ने उद्देश्यले हिमाली जिल्ला मुस्ताङमा एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । केन्द्रिय वन्यजन्तु  अपराध नियन्त्रण ईकाई ( डब्लु.सी.सी.बी) सचिवालयको आयोजना तथा डब्लु डब्लु एफ को सहयोग र सशस्त्र प्रहरी बलको वन्यजन्तु  संरक्षण ईकाई केन्द्रिय कार्यालय हलचोक काठमान्डौंको समन्वयमा बुधबार वन्यजन्तु  अपराध नियन्त्रणबारे क्षमता विकास तालिम दिईएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म हेडक्वाटर जोमसोममा आयोजित वन्यजन्तु  अबैध ब्यापार तथा अपराध नियन्त्रण सम्वन्धि क्षमता विकास कार्यक्रममा गुल्मका कुल ५० जना जवानले सहभागी जनाएका छन् ।शसस्त्र प्रहरीलाई दिईएको वन्यजन्तु  अपराध नियन्त्रण सम्वन्धि क्षमता विकास तालिममा डब्लु डब्लु एफ नेपालका प्रतिनिधि दिलिप सुवेदीबाट ’वन्यजन्तु  अपराधको परिचय’ ,अन्नपूर्ण सरक्षणक्षेत्र आयोजनाको सम्पर्क कार्यालयका सरक्षण अधिकृत ( एसीएएल) लोकेन्द्र अधिकारीबाट ‘वन्यजन्तु  सरक्षणको र्ईतिहाँस ÷वन्यजन्तु  सरक्षण र वन्यजन्तु  अपराध नियन्त्रणमा कानुनी प्रावधान’,अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमका सरक्षण अधिकृत ऋषि बरालबाट ‘अन्नपूर्ण सरक्षणक्षेत्रमा चोरी शिकारीको बर्तमान अवस्था र संवेदनशील वन्यजन्तु  ’ र सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय कार्यालयका सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहालबाट वन्यजन्तु  अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलको भूमिका बिषयमा तालिम दिईएको हो । सो अवसरमा सशस्त्रका प्रशिक्षार्थीहरुलाई ५ सेसनमा तालिम दिईएको हो ।
सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्मका प्रहरी जवानलाई वन्यजन्तु  अपराध नियन्त्रण तालिम दिन डब्लु डब्लु एफका तर्फबाट दिलिप सुवेदी,अन्नपूर्ण सरक्षणक्षेत्र सम्पर्क कार्यालयबाट सरक्षण अधिकृत लोकेन्द्र अधिकारी,राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण विभागबाट रेन्जर प्रमिला न्यौपाने र सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालयबाट सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल मुस्ताङ आएका हुन् । उनीहरुसंग एक्याप जोमसोम र डिभिजन बन कार्यालय मुस्ताङले समेत सहभागी जनाएको गुल्मपती मोहनजंग कार्कीले जानकारी दिए ।
बन्यजन्तु अपराध नियन्त्रण ईकाईको सचिवालयले मुस्ताङ जिल्ला वन्यजन्तु  अपराधका दृष्ट्रिकोणले संवेदनशील जिल्ला भएकाले यहाको वन्यजन्तु  अवैध ब्यापार तथा अपराध नियन्त्रणमा जोडदिन कार्यक्रम आयोजना गरिएको डब्लु डब्लु एफका प्रतिनिधि दिलिप सुवेदीले जानकारी दिए । उनका अनुसार मुस्ताङमा जिल्ला स्तरीय बन्यजन्तु अपराध नियन्त्रण ईकाई गठन भईसकेको र उत्तरी चिनसंग सीमाना जोडिएको बोर्डर आउट पोस्ट समेत स्थापना भएकाले मुस्ताङलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन भएको हो ।
यस्तै,अन्नपूर्ण सरक्षणक्षेत्र सम्पर्क कार्यालयका सरक्षण अधिकृत लोकेन्द्र अधिकारीले नेपालमा वन्यजन्तु  अपराध सम्वन्धमा सरोकारवालालाई सुसुचित गर्दै लैजान सके सांगठनिक अपराध नियन्त्रण न्यूनिकरणमा सहयोग पुग्ने बताए ।एक्याप जोमसोमका प्रमुख ऋषि बरालले वन्यजन्तु  अपराध नियन्त्रणमा कार्यालय सचेत रहेको बताए ।उनले वन्यजन्तु  सरक्षणका लागि नियमित बन गस्ती गर्ने काम भईरहेको जानकारी दिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया