संघीय सांसद तुलाचनको पहलमा बन्ने भयो ‘ध्ये’ खोलामा मोटरेबल पुल

समाधान संवाददाता २०७८ फागुन २१ गते ११:०७
फोटो क्याप्सन ः लोघेकर दामोदरकुण्ड १,४ र ५ जोड्ने पक्की मोटरेबल पुलको सर्वेक्षण गर्दै प्राविधिक टोली ।तस्विर ःटै ढिन्डुक ठकुरी ।

जोमसोम
हिमाली जिल्ला मुस्ताङको ५ स्थानीय तह मध्ये सबैभन्दा पीछडिएको स्थानीय तह हो लोघेकर दामोदरकुण्ड गाउँपालिका । पछिल्लो समय लोघेकर दामोदरकुण्ड गाउँपाििलकाका ५ वटै वडाहरुमा कच्ची सडक बिस्तार भईसकेपनि ध्ये खोलामा पक्की मोटरेबल पुल नहुँदा बर्खायाममा त्यसक्षेत्रका स्थानीयलाई निकै सास्ती पर्ने गरेको छ ।
कोरलापासबाट आएको कालिगण्डकी नदी,चराङ खोला र ध्ये खोला शाखा नदीको समिश्रण रहेको स्थानमा पक्की पुलको आवश्यकता महशुस गरिएपनि अहिले सम्म त्यहाँ पुल बन्न नसकेको हो। लोघेकरका वडाहरु १ ,४ र ५ जोड्ने पुल नहँुदा स्थानीय तहको जनप्रतिनिधि कार्यालय आउजाउ गर्न र त्यहाँ कृषि उपजको सहज बजारिकरणमा समस्या पर्दैआईरहेको छ ।पुल नहुँदा लोघेकर ४ र ५ वडाको ध्ये ,ताङ्ग्या,यारा,घारा,ढी र सुर्खाङका लगायतका किसानले उत्पादन गरेको अन्नबाली बजार पू¥याउन समस्या पर्ने गरेको छ । भौगोलिक रुपले अत्यन्तै विकट त्यसक्षेत्रमा निम्न आयश्रोत भएका गुरुङ समुदायको बस्ती छ ।उनीहरुको मुख्य आम्दानीको श्रोत कृषि र पशुपालननै हो ।
संघीयतापछि गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास निर्देशानालयले लोघेकर दामोदरकुण्डको ध्ये खोलामा पक्की पुल बनाउने योजना अघि बढाएको थियो ।यसका लागि पूर्वाधार विकास निर्देशानालयले डिपिआर समेत तयार गरेको थियो । निकै फराकिलो स्थानको ध्ये खोलामा जेएनआर कल्सन्टेन्सी काठमान्डौले १ सय ३ मिटर लामो मोटेरबल पुलको डिजाईन बनाएको थियो ।उक्त कल्सन्टेन्सीले १७ करोड २ लाख ६५ हजार लागत स्टमेट अनुमान गरी डिपिआर तयार गरेको थियो । ध्ये खोलामा १ सय ३ मिटर पुलका लागि २५÷२५ मिटरको ५ वटा स्पान रहने गरी डिजाईन तयार गरिएको थियो । तर प्रदेशले पुलको डिपिआर तयार गरेपनि लामो समयदेखि पुलको ठेक्का सम्झौता अघि बढ्न सकेको थिएन ।
पछिल्लो समय ध्ये खोलामा बन्ने भनीएको मोटरेबल पुलको डिजाईन त्यहाँको भौगोलिक अवस्था अनुसार सुहाउँदो नभएको जनाईएपछि अहिले पुलको प्रि—डिजाईन गर्ने गरी सवेक्षणको जिम्मा संघीय सरकार अन्तर्गत स्थानीय पूर्वाधार विभाग (डोली¬)लाई दिईएको छ ।

मुस्ताङका संघीय सांंसद प्रेमप्रसाद तुलाचनको पटक÷पटकको विभागगीय पहलपछि ध्ये खोलामा पक्की मोटरेबल पुल बन्ने पक्का भएको छ । सांसद तुलाचनकै पहलमा ध्ये खोला पुलको साविक डिपिआर हेर्ने,सम्पादन गर्ने र पुलको स्थलगत फिल्ड सर्वेक्षण गर्ने काम सुरु गरिएको हो । यसका लागि स्थानीय पूर्वाधार विभाग( डोली) ले स्थानीय सडक पुल कार्यक्रमका प्रदेश संयोजक अस्मित पोखरेल,सिनियर डिभिजन ईन्जिनीयर रञ्जन मानन्धर र चिफ टेक्निकल एडभाईजर सम्पूर्णनन्दा शर्माको तीन सदस्ययीय टोली बिहिबार उपल्लो मुस्ताङ खटाएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए । ध्ये खोलाको भौगोलिक अवस्था र सर्वेक्षण गरी फर्किएको उनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि,स्थानीबासीको रोहबरमा प्राविधिक टोलीले साविकको डिजाईनको अध्ययन र परिमार्जन गर्नुपर्ने अवस्था छ ,छैन त्यसको सर्वेक्षण गरिएको स्थानीय सडक पुल कार्यक्रमका प्रदेश संयोजक अस्मित पोखरेलले जानकारी दिए ।
पुलको सर्वेक्षणका लागि आएका प्राविधिक टोलीहरु नेपाल सरकारलाई लामो समयदेखि मोटरेबल पुलहरुको सहयोग गर्ने विदेशी स्वीस संस्था अन्तर्गतका हुन् ।‘ हामीले पुलको फिल्ड सर्वेक्षण गर्न आएका हौं,स्थानीय सडक पुल कार्यक्रममा प्रदेश संयोजक पोखरेलले भने,‘संघीय सरकारबाट खटाईएका हामी केवल डिजाईन टिम मात्र हौ ।’ उनले ध्ये खोलामा बन्ने पुलको फिल्ड सर्वेक्षण प्रतिवेदन स्थानीय पूर्वाधार विभागमा पेश गरिने जानकारी दिए ।
भौगालिक अवस्था अनुसार साविक डिजाईन ठिक÷ बेठिक अनि हेरफेर हुने नहुने त्यो हेरी पुलको प्रि—डिपिआर बनेपछि मात्र पुल निर्माणको ठेक्का सम्झौता प्रक्रियामा जाने उनले बताए । ध्ये खोलो पुलको योजना अघि बढाएपनि अब पुल बनाउने स्वामित्व कसले लिन्छ भन्नेमा एकिन हुन सकेको छैन ।स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक टोलीका अनुसार सम्भवत संघीय सरकार अन्तर्ग स्थानीय पूर्वाधार विभाग वा प्रदेश सरकारलाई बजेट रिलिज गरी पुलको स्वामित्व दिन सक्नेछ ।
लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पुल बनाउदा भुल हुन नहुने बताए । उनले ध्ये खोलाको क्षेत्रफल झन्डै ६ सय मिटर रहेकाले साविक डिजाईन उपयुक्त नभएको उल्लेख गरे ।ध्ये खोलामा कम्तिमा ५ सय मिटर लामो पक्की मोटरेबल पुलको आवश्यकता रहेको अध्यक्ष बिष्टको भनाई छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया