महिला दिवसमा हिमालपारि मुस्ताङका ज्येष्ठ नागरिक सम्मानीत

समाधान संवाददाता २०७८ फागुन २४ गते १७:२८
ः ११२ औं अन्तराष्ट्रिय महिला दिवसमा हिमाली पारी गुञ्जियो महिला आवाज । तस्विर ःसुन्दरकुमार थकाली

सुन्दरकुमार थकाली
जोमसोम— ११२ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा मंगलबार हिमालपारी मुस्ताङका ज्येष्ठ नागरिक सम्मानीत भएका छन् ।
घरपझोङ गापा र ठिनी महिला समुहद्धारा आयोजित नारी दिवस कार्यक्रममा घरभफोङ गाउँपालिका र पाईला नेपालले अलग÷अलग ज्येष्ठ नागरिक महिलालाई सम्मान गरेको हो । घरपझोङ गापाले घरपझोङ—५ ठिनीकी ८६ वर्षीय केमसा थकाली र घरपझोङ—५ ढुम्बाकी ८५ वर्षीय कोन्च्यो गुरुङलाई सविधान सभा सदस्य श्रीमाया थकाली,जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ ,गापा अध्यक्ष आशबहादुर थकाली र उपाध्यक्ष शर्मिला गुरुङ लगायतले सम्मानीत ज्येष्ठ नागरिक महिलाहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरे । गाउँपालिकाले बर्सेनि नारी दिवसको अवसरमा ५ वटै वडामा ज्येष्ठ महिला नागरिक सम्मान कार्यक्रम गर्दैआईरहेको छ ।यस्तै, पाईला नेपालले पनि ९१ वर्षीय सुमन लालचनलाई दोसल्ला र प्रमाणपत्रले सम्मान ग¥यो ।
यसअघि पुरुष जस्तै समान पहुँच र अधिकार नेपाली महिलाहरुले पनि पाउनु पर्ने भन्दै मुस्ताङका महिलाहरुले विशाल ¥याली निकालेका हुन् ।उनीहरुले महिला उत्च्थानका लागि ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चिता’ लेखिएको ब्यानर र प्ले कार्डसहित अन्तराष्ट्रिय महिला दिवस भब्यताका साथ मनाएका हुन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका तथा ठिनी महिला समुहको सयुक्त आयोजनामा घरपझोङ गाउँपालिका र सामाजिक विकास कार्यालय मुस्ताङको आर्थिक सहयोगमा दिवस मनाईएको हो । मुस्ताङका महिलाहरुले ¥यालीसहित विभिन्न कार्यक्रम गरी नारी दिवस मनाएका हुन् । दिवसका अवसरमा आयोजित महिला ¥यालीमा विभिन्न आमा समुहमा आवद्ध महिलाहरुले थकाली र गुरुङ संस्कृति झल्किने भेषभुषा पहिरिएका थिए ।
मुस्ताङको घरपझोङ—३ पुथाङ एयरपोर्टबाट निस्किएको महिलाहरुको विशाल ¥यालीले जोमसोम हुँदै ३ किलोमिटर दुरी पार गरी घरपझोङ—५ ठिनीमा पुगेर विभिन्न कार्यक्रम आयोजना गरेको ठिनी आमा समुहकी अध्यक्ष मंगली थकालीले जानकारी दिईन् । उनका अनुसार महिला ¥यालीमा ५ वटै वडाका आमा समुह,विभिन्न सरकारी तथा गैरसकारी निकाय,सुरक्षा निकाय र पत्रकार लगायतको उपस्थिती रहेको आमा समुहकी अध्यक्ष थकालीले उल्लेख गरिन् ।
मुस्ताङको घरपझोङमा आयोजित नारी दिवस कार्यक्रमको सविधान सभा सदस्य श्रीमाया थकालीले उद्घाटन गरिन् ।सो अवसरमा सविधान सभा सदस्य थकालीले २१औ सताब्दीका सम्पूर्ण उत्पीडित महिलाहरुले न्यायका लागि सर्घष गर्नुपर्ने बताईन् । हिजोको महिला दास प्रथा र सती प्रथा उन्मुलन हुँदै राज्यमा विभिन्न संर्घषको प्रतिफल अहिलेको परिवर्तन सम्भव भएको सविधान सभा सदस्य थकालीको भनाई थियो ।घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले नपाली महिलाहरु हकअधिकारका साथै दिगो विकास स्वाभलम्बन बन्नुपर्ने जोड दिए ।यस्तै,गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले महिला र पुरुषबीचको समानताले मात्र महिला शसक्तिकरणमा योगदान पुग्ने बताईन् । अझै पनि समाजमा महिलाले विभिन्न समस्या झेल्नु पर्ने बाध्यता रहेको उल्लेख गर्दै उपाध्यक्ष गुरुङले यसको अन्त्यका लागि सामाजिक चेतना अपरिहार्य भएको बताईन् ।
कार्यक्रममा जिससका तर्फबाट सामाजिक कुरिती ,जातीय भेदभाव,बालविवाह र दाईजो प्रथा, जिल्ला प्रशासन कार्यालयबाट महिला सम्वन्धि हालसम्म गरेको कानुनी व्यवस्था ,लैङ्गिक हिंसा निवारणका उपाय र जिल्ला प्रहरी कार्यालयका तर्फबाट मानव बेचबिखन ओसार—पोसार लगायतका बिषयमा प्रस्तुतीकरण गरिएको थियो ।
अन्तराष्ट्रिय नारी दिवसकै अवसरमा घरपझोङ र ठिनी आमा समुहरुले महिला हकअधिकार सम्वन्धि बतृत्वकला कार्यक्रम कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागी विभिन्न वडाका महिला आमा समुहका टोलीले महिला उत्थान र महिला हकअधिकारका बिषयमा सचेतनामुलक सास्कृतिक नृत्य र गीत प्रस्तुत गरिएको थियो ।


Advertisement

तपाईको प्रतिक्रिया