जनताको साथ समर्थन र भरोसा कहिल्यै भुल्दिन ः अध्यक्ष बिष्ट

समाधान संवाददाता २०७८ फागुन २५ गते १५:३६
लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष ःलोप्साड छोम्फेल बिष्ट ( राजु )

संघीयता कार्यान्वयनसंगै स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षीय कार्यकाल ५ जेठमा सकिदैछ । कार्यकाल सकिदै गर्दा सरकार अन्तर्गतको प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनको अंक रिपोर्टमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा देशभरमै ७७ दशमलव ११ अंक ल्याएर ७५३ स्थानीय तह मध्ये दोश्रो नम्बरमा प¥यो । यस गाउँपालिकाको नेतृत्वमा छन् अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट ।मुस्ताङका ५ स्थानीय तह मध्ये लोघेकर दामोदरकुण्ड सबैभन्दा कम जनसंख्या र भौगोलिक रुपले अत्यन्तै विकट गाउँपालिका हो । संघीयताको ५ वर्षीय कार्य अवधिमा लोघेकर दामोदरकुण्डले कति काम गर्न सक्यो,कति सकेन ?, साथै स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा लोघेकर नेपालमै दोश्रो नम्बरमा पर्नुको खास कारण के हुन् ? प्रस्तुत छ , उल्लेखित बिषयमा समाधानकर्मी सुन्दरकुमार थकालीले सोही पालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टसंग गरेको कुराकानीको अंश ।
संघीयता कार्यान्वयनसंगै स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिदै छ ।तपाई संघीयतासंगै लोघेकर गापाको पहिलो अध्यक्ष बन्नुभयो ।पालिकाको नेतृत्वमा रहेर सुरुदेखि अहिलेसम्म काम गर्दा कस्तो अनुभव भयो ?अध्यक्षको कार्य अवधि सकिदा अब के सोच्दै हुनुहुन्छ ?
संघीयतासंगै नेपालमा तीन तहको सरकार बन्यो,जसअन्तर्गम म लोघेकर दामोदरकुण्ड गापाको पहिलो अध्यक्ष बन्ने ऐतिहाँसिक र सुनौलो अवसर पाए ।सुरुआतमा संघीयता नेपालकै लागि नौलो अभ्यास थियो । भुगोलले समेत पीछडिएको हाम्रो पालिकामा हामीले कठिन परिस्थिती पार गर्दै यहाँसम्म आईपुग्यों । जब काम गर्ने अभ्यास सिक्दै अघि बढ्यौ तब अहिले कार्यकाल सकिनै लाग्यो । हामीले सुरुआत गरेका काम चलिरहेको छ ,यसलाई पछिल्लो पुस्ताले निरन्तरता दिन सक्छन की सक्तैनन् भन्ने सोच्दैछु ।हामीलाई विश्वास छ हामीले बनाएको गुरुयोजना फलो गर्दै आउने नयाँ जनप्रतिनिधि र कर्मचारीले जनताको भलोको लागि पक्कै काम गर्नेछन् ।
सुरुआतमा स्थानीय तहको बागडोर सम्हाल्दा कत्तिको कठिन प¥यो? दुर्गममा त कर्मचारी काम गर्न मान्दैन भन्छन् ,काम गर्न पनि उक्तिकै गाह्रो होला ,तपाईले यसको समायोजन कसरी मिलाउनु भयो ?
सुरुआती चरणमा हामी विल्कुलै नया थियौं,सघीयता पनि नयाँ अभ्यासनै थियो ।यद्यपी आफु र आफ्नो टिममा पूर्ण आत्मविश्वाश थियो की हामी जनता र पालिकाको विकासमा काम गरेर देखाउछौं भन्ने थियो ।यसमा केही अप्ठ्यारा र चुनौती पक्कै नभएका होईनन्। त्यसलाई हामी सबै एकताबद्ध भई मिलेर पालिकाको बृहत्तर विकासका लागि समन्वयात्मक ढंगले काम गर्दै अघि बढायौं । हाम्रो पालिकाका हिमालपारिको दुर्गमको पालिका पनि हो । यहाँ कर्मचारी सीमित थिए ,तैपानी उनीहरुलाई खुसी पार्दै विश्वासमा लिएर काम गर्दै गयौं । समस्या देखेर डराउने होईन त्यसलाई सामना गर्दै अघि बढ्न हाम्रो पालिका सफल भयो भन्ने लाग्छ ।
संघीयताको तल्लो निकाय स्थानीय तह हो,जहाँ जनता प्रयत्क्ष जोडिन्छन् ।स्थानीय तहको विकासमा संघ र प्रदेश सरकारको सहयोग कत्तिको पाउँनु भयो ?
सहयोग पाउँने वा नपाउँने भन्नेमा सबैभन्दा पहिला नेतृत्व पंक्तिनै जिम्मेवार रहन्छ ।रह्यो हाम्रो पालिकाको कुरा ,हामीले केन्द्र र प्रदेशसंग राम्रो समन्वय र सहाकार्य स्थापित गरायौं ।योजना माग देखि सहयोग र सुझाव लिने काममा हामी निरन्तर लागि रह्यौं । फmलस्वरुप हाम्रो पालिकाको विकासमा हामीले अपेक्षा गरेअनुसारको साथ र सहयोग पाएको महशुस गरेको छु ।
गाउँपालिकाको सुशासन ,समृद्धि र विकासका लागि गएको ५ वर्षीय कार्यकालमा गर्व गर्न लायक कुन कुन महत्वपूर्ण कामहरु तपाई र तपाईको टिमले गर्नुभयो ?
हामीले हाम्रो कार्यकालमा ठुला ÷ठुला काम ग¥यौं भनेर गफ हाक्दैनौं ।हाम्रो कार्यकालमा कोभिड—१९ रोगका सक्रमण जोखिम थियो । कोभिडकै कारण जनता त्रासमा थिए । कोभिडले विकासको काममा अवरोध पू¥यायो ,गाउँमा नया मान्छे आउन प्रतिबन्ध थियो । कोभिड जोखिमबाट जनतालाई बचाउन सफल भयौ भन बिषम परिस्थतीमा समेत पालिकाको विकासका लागि हातेमालो गर्दै उपयुक्त व्यवस्थापन र क्षेत्रगत कार्यगत बिभाजन गरी कामलाई अघि बढायौं ।जनतालाई संञ्चार सूचना अधिकार दिएर जनतालाई साथ दिन सक्यौं ।पालिकाको ५ वटै वडाहरुमा समान रुपले जिम्मेवारी दिएर ईमान्दारिताका साथ आफ्नो भूमिका निभायौं । हाम्रै कार्यकालमा सडक ,बिद्युत ,सञ्चारको पहुँच पू¥यायौ भने,शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण ,पर्यटन र संस्कृति सरक्षणमा पनि कही आशालाग्दो काम गर्न हाम्रो टिम सफल भयो ।
तपाईको कार्यकालमा सुरुआत भई अधुरा रहेका महत्वपूर्ण कामहरु के के हुन् ? के के काम गर्छु भन्ने तपाईको मनमा थियो र सो गर्न सकिएन भन्ने लाग्छ ?
हाम्रो कार्यकालमा सुरु भई चालु आर्थिक वर्षमै सकिने योजना पनि दर्जनौ थिए ,यो कार्यकालमा पुरा हुने देखिएन । हामीले विश्वकै पुरानो र पहिलो लोघेकर गुम्बाको लागि आवश्यक व्यवस्थापकीय पूर्वाधार निर्माण अधुरै रहेको छ ।यसका अलवा घिलिङ स्कुलको छात्राबास भवन,चराङको प्रस्तावित विमान स्थलका लागि जग्गाको बन्दोबस्त गरेपनि योजनामा पर्न सकेको छैन,यो हाम्रो मुख्य एजेण्डा हो ।प्रशिद्ध धार्मिक स्थल दामोदुरकुण्डमा कुश संरक्षण,शौचालय,धर्मशाला,खानेपानीको काम थाँती छ । हामीले दामोदरकुण्ड जाने झुना ठाँटी सम्म मोटर बाटो पू¥यायो ,सडक सबै वडामा पुग्यो,स्वास्थ्य चौकी सबै वडामा छन् ।
तपाईको पालिकामा स्थानीयको जनअपेक्षा ,सहभागीता र सहयोग कस्तो रह्यो ?
लोघेकर दामोदरकुण्ड गाउँका सबै जनता म र हाम्रो पालिका टिम प्रति निकै आशावादी थिए ।उनीले हामीलाई काम गर्न सक्छ भन्नेमा ढुक्क थिए । उनीहरुको अपेक्षा हामी प्रति सकारात्मक थियो ।जनताको विश्वास र सहयोगकै खातिर हाम्रो टिमलाई काम गर्न कुनै चिजले अवरोध पू¥याएन ।जनताको साथ सपोर्ट र भरोसाकै कारण उच्च मनोबलका साथ हामीले अहोरात्र जनताको सुखदुःखमा साथ दियौं । जनता हामी प्रति पूर्ण सन्तुष्ट रहेको मैले महशुस गरेको छु ।
तपाईको स्थानीय तहमा मलेपले सार्वजनिक प्रतिवेदनमा प्रदेशकै कम बेरुजु र देभभरमै छैटो नम्बरमा कम बेरुजु रहेको पालिका बन्यो ? के तपाईको पालिका आर्थिक सुशासनको जगमा रहेर कार्यसम्पादन गरेको ठान्नुहुन्छ ?
हाम्रो पालिकाले सबैक्षेत्र उच्च प्रथामिकतामा राखेर निश्पक्ष र पारदर्शी ढंगले कार्यसम्पादन ग¥यो ।सरकारले दिएको अनुदान र हाम्रो कमाईलाई दोहन नहुने गरी चनाखो भई जनप्रतिनिधि र कर्मचारीले काम गरे । यसैको प्रतिफल हामी नेपालकै छैटौ कम बेरुजु रहेको गाउँपालिकामा प¥यो । आर्थिक अनुसानले जनता र राष्ट्रको विकास हुने भएकाले यसलाई जिम्मेवारीपूर्वक हाम्रो दायित्व निर्वाह गर्न सक्यौं ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको विभिन्न सूचकको आधारमा गरिएको नतिजा प्रकाशन गर्दा तपाईको पालिका देशभरमै दोश्रो नम्बरमा प¥यो । यो नतिजाले तपाई र तपाईको पालिका टिम कत्तिको उत्साहित भईरहेको छ?
बित्त आयोगको रिपोर्टले हामी अत्यन्तै हर्षित र उत्साहित भएका छौं । अझै काम गर्ने जोश र जाँगर बढेको छ । तर काम गर्ने समय टरिसक्यो ।हामी प्राकृतिक स्रोत व्यवस्थापन तथा बित्त आयोगको सूचिमा प¥छौं भनेर कुनै तयारी गरेका थिएनौ र सोचेका समेत थिएनौं ।हाम्रो पालिकाका कर्मचारी र जनप्रतिनिधले निकै ईमान्दारिता र कर्तब्यबोध पालना गर्दै योजनाबद्ध ढंगले स्थानीय तह संञ्चालन ऐन २०७४ को कार्यविधि मापदण्डमा रहेर कार्यसम्पादन गरेकै कारण हामी देशभरमा दोश्रो सूचिमा प¥यौं । यो क्रम दोश्रो कार्यकालका जनप्रतिनिधिले समेत पछ्याउने छन् भन्ने ठानेको छु । सबैभन्दा ठुलो आपसी समन्वय ,उचित ब्यवस्थापन,अथक महेनत र ईमान्दारिताको प्रतिफल हो ,यसलाई भावी दिनमा सबै तहले फलो गरुन् भन्ने लाग्छ ।
सरकारले स्थानीय तहको निर्वाचन ३० बैशाखमा गर्ने भनी मिति समेत घोषणा गरिसकेको छ । अब फेरी स्थानीय तहकै निर्वाचनमा उठ्ने हो वा अन्य कुनै तहमा निर्वाचन लड्ने योजनामा हुनुहुन्छ ?
संघीयतापछि २०७४ सालमा सोतन्त्र उम्मेदवार बनी अध्यक्ष बनेको हु । त्यसपछि म एमालेमा प्रबेश गरे ।अब सरकारले चुनावको तिथिमिति घोषणा गरेको छ । यसमा म अहिल्यै केही सोच्न भ्याएको छैन । म के मा उठछु वा उठ्दिन भन्ने कुनै योजना छैन । समय परिस्थितीले कस्तो ठाउँ र भुमिकामा उभ्याउछ सोही अनुसार अघि बढ्ने छु ।
तपाईको पालिकाले पाएको सफलता र तपाईलाई जनताले दिएको साथ समर्थनलाई मूल्यांकन गर्दा पालिकाबासीलाई के भन्नुहुन्छ ?
हामीले दुर्गममा रहेर जति पनि अभुतपूर्ण सफलता हात पा¥यौं,यसमा सर्वप्रथम जनताको देन छ । जनताको साथ सहयोग बिना कुनै काम गर्छु भन्नु दिवासपना मात्र हो,एक्लो प्रयासले यहाँ केही चिज सम्भव हुँदैन । मेरो कार्यकालमा जनताले दिएको साथ समर्थन र भरोसा म कहिल्यै भुल्दिन ,उहाँहरु प्रति म र हाम्रो टिम सदैव ऋणी रहने छु ।

तपाईको प्रतिक्रिया