कार्यसम्पादन मूल्यांकनमा मुस्ताङका ५ तह

समाधान संवाददाता २०७८ फागुन २६ गते १४:११

जोमसोम—

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजामा मुस्ताङ ५ स्थानीयले मध्ये दुई स्थानीय तहले ५० प्रतिशत अंक समेत ल्याउन सकेनन् ।उपल्लो मुस्ताङको लोघेरक दामोदरकुण्ड गापा भने देशभरमै दोश्रो नम्बरमा पर्न सफल भयो ।
आयोगले गरेको विभिन्न १७ वटा सूचकमा गरेको सर्वेक्षणमा लोघेकर दामोदरकुण्ड गापाले ७७ दशमलव ११ अंक प्राप्त ग¥यो ।यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिकाले ५२ दशमलव ४५ प्रतिशत,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ४७ दशमलव ४७ प्रतिशत ,लोमान्थाङ गाउँपालिकाले ४८ दशमलव १४ प्रतिशत र थासाङ गाउँपालिकाले ६५ दशमलव ६६ प्रतिशत अंकभार प्राप्त ग¥यो ।मुस्ताङमा लोघेकर पहिलो,थासाङ दोश्रो,घरपझोङ तेश्रो ,लोमान्थाङ चौथो र वारागुङ मुक्तिक्षेत्र पुछारमा रहेको वित्त आयोगको रिपोर्टमा उल्लेख गरिएको छ ।
आयोगले स्थानीय तहको बजेट,समयमा बजेट पास गरेनगरेको ,राजश्व बाँडफाँट,आगामी आवको अनुमानित बजेट समयमा मन्त्रालयमा पेश गरेनगरेको,आन्तरिक राजश्व लक्ष्य,बजेट बेरुजु ,बजेट सुत्रको समुचित प्रयोग,आवधिक योजना र पालिकासंग सम्बन्धित सरकारी शिक्षा,स्वास्थ्य लगायतका शीर्षकमा कार्यसम्पादन मूल्यांकन गरेको हो ।

यसैका आधारमा संघीय संचित कोषबाट स्थानीय तहलाई अंकभारका आधारमा आगामी आवमा प्राप्त हुने बित्तिय समानीकरण अनुदान उपलब्ध गराईने जनाईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया