मुस्ताङ : स्थानीय तह स्वमूल्यांकनमा लोमान्थाङ प्रथम

समाधान संवाददाता २०७८ चैत १ गते १३:५७
फोटो फाईल ः उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका ।

सुन्दरकुमार थकाली
जोमसोम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘स्थानीय तह क्षमता स्वमूल्यांकन’मा मुस्ताङका ५ तह मध्ये उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका पहिलो बनेको छ ।स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार गरिएको रिपोटिङमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले कुल ६४ अंक प्राप्त गरी मुस्ताङमा पहिलो पालिका बन्न सफल भएको हो ।
मन्त्रालयले स्वमूल्यांकन कार्यविधि अनुसार स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको लेखाजोखा गरी स्थानीय तहको सवल र दुर्वल पक्षहरुको पहिचान गर्ने तथा स्थानीय तहको विकास तथा सुशासनमा रहेका कमिकमजोरीको जानकारी लिने उद्देश्यले देशभरका ७७ वटै जिल्लाका महानगर÷उपमहानगर र पालिकाहरुमा ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन’ रिपोर्टिङ गरेको थियो ।मन्त्रालयले आव २०७७÷०७८ सालको अवस्थाका आधारमा स्वमूल्यांकन गरेको थियो ।

‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन’मा विभिन्न १० वटा सुचकको १ सय उपसुचकमा स्वमूल्यांकन गरिएको थियो ।मन्त्रालयले शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तिय एवं आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्यसम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० सूचकमा १ सय उपसुचकको मोडलिटी बमोजिम स्थानीय तहको स्वमूल्यांकन गरेको थियो ।
मन्त्रालयले स्थानीय तहको समग्र स्थितीमा २१ प्रतिशत,प्रक्रियागत स्थितीमा ३४ प्रतिशत र परिमाणात्मक स्थितीमा ४५ प्रतिशत अंकभार तय गरेको थियो ।

Advertisement

जसअनुसार लोमान्थाङ गाउँपालिकाले विभिन्न १० सुचकमा ६४ प्रतिशत अंकभार प्राप्त गरेको हो ।यस्तै,लोघेकर दामोदरकुण्ड गापाले ५८ दशमलव ५,वारागुङ मुक्तिक्षेत्र गापाले ५७ दशमलव २५,थासाङ गापाले ५२ दशमलव २५ र मुस्ताङ सदमुकाम रहेको घरपझोङ गाउँपालिकाले ५० दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको मन्त्रालयको वेवसाईडमा उल्लेख गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया