कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमाले प्रवेश

समाधान संवाददाता २०७८ चैत १ गते १९:४५

बुर्तिबाङ (बागलुङ)
ढोरपाटन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जीवककुमार पुन मगर एमाले प्रवेश गरेका छन् । मगर २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । त्यति बेलाको चुनामाव उक्त वडामा एमाले तेस्रो भएको थियो ।
बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीसहित कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समबहादुर अदै, मिलन अदै, मदन घर्ती लगायत एमाले प्रवेश गरेका छन् ।

माओवादीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी निरुता घर्तीमगर पनि एमाले प्रवेश गरेकी छन् । एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उनीहरु सबैलाई एमालेमा स्वागत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया