मुस्ताङ ः थकाली समुदायको सांस्कृतिक पर्व ‘तोरन्ल’ सुरु (फोटो फिचर)

समाधान संवाददाता २०७८ चैत २ गते १६:१७
फोटो फिचर ः मुस्ताङमा थकालीहरुको महान पर्व तोरन्ल रौनक ।तस्विर ःसुन्दरकुमार थकाली

सुन्दरकुमार थकाली
जोमसोम—

हिमाली जिल्ला मुस्ताङमा थकाली समुदायको महान सांस्कृतिक पर्व तोरन्ल बुधबारदेखि सुरु भएको छ ।मुस्ताङको थाकसय क्षेत्र र जोमसोमदेखि तल बसोबास गर्ने थकाली समुदायहरुले तोरन्ल पर्व हर्षउल्लासको साथ मनाउन थालेका छन् ।बशन्तऋतुको आगमनसंगै मनाईने तोरन्ल पर्व मुस्ताङका थकाली समुदायसहित देश विदेशमा बसोबास गर्ने थकालीहरुले तोरन्ल पर्व विशेष रुपले मनाउने चलन छ ।
थकालीहरुको महान पर्व तोरन्ललाई पितृ पुजा प्रतिकको रुपमा समेत लिने गरिन्छ ।आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दै उनीहरुको आत्माशान्ति र उद्दारका लागि थकाली समुदायका मानिसहरुले मध्यरातमा उठेर पितृ पुजा गर्छन् । फागुपुर्णिमाको अघिल्लो दिन देखि पछिल्लो दिनसम्म तीन दिनसम्म निरन्तर चोखो पानी चढाउँने,दिवंगत पितृहरुलाई स्वादिष्ट खानाका परिकार बनाएर चढाउने,पितृको नाममा पुजापाठ गर्ने प्रचलन छ ।पितृ खुसी भएमा मात्र भावी सन्ततीलाई सुखशान्ति प्राप्त हुने भएकाले तोरन्ल पर्वलाई पितृ पुजा पर्वको रुपमा लिने गरिएको हो ।
हिउँदयाम सकिएर बशन्तऋतुको आगमन हुने समयमा बर्सेनि फागुन महिनामा तोरन्ल पर्व मनाईने गरिन्छ । तोरन्ल पर्व नजिकिदै गर्दा थकाली समुदायका मानिसहरुले घर÷टोल ÷आँगन र घरभित्रका भाँडा वर्तन सफा गरी चिटिक्क सिंगार्छन् ।उधौली समाप्त भई उकालो उक्लिने समयमा मुस्ताङका थकालीहरुले तोरन्ल पर्व मनाउने गर्छन् । हिउदयाममा बेसी झर्ने र गर्मीयाम लागेपछि मुस्ताङका थकालीहरु गाउ फर्किन्छन् ।थकालीहरुले यसप्रकारको पर्व परापूर्वकालदेखिनै मनाउँदै आईरहेका छन् ।
थकाली समुदायमा मर्दा र पर्दा ज्वाईको भुमिका महत्वपूर्ण हुने गर्छ । ज्वाईलाई विशेष आदर÷सत्कार र सम्मान गर्ने गरिन्छ भने ज्वाईले सुख र दुःखमा विभिन्न भूमिका निभाउनु पर्ने हुन्छ ।थकाली समुदायमा ज्वाईको भूमिका महत्वपूर्ण हुने भएकाले तोरन्ल पर्वमा छोरी÷ज्वाई र भान्जा÷भान्जी लगायतलाई माईती बोलाएर तोरन्ल पर्व मनाउने गरिन्छ ।पर्वका अवसरमा थकाली पुरुषहरुले दौरा सुरुवाल र महिलाहरुले न्होकोन चोलो पहिरिएर थकाली संस्कृति उजागर गर्ने गर्छन् ।तोरन्ल पर्वको अन्तिम दिन मध्यरातमा उठेर खोलामा गई स्नान गर्ने र घरमा आएर चोखोपानी र खानेकुरा चढाउने चलन छ ।
थकाली समुदायहरु एकआपसमा भेला भएर संयूक्त रुपमा तोरन्ल पर्व मनाउने गर्छन् ।पर्वको बेला थकालीहरु आफ्नो क्षेत्रको थकाली समाजघरमा जम्मा भएर पुरुषहरु धुनषवाण( आर्चरी ) खेल्ने र महिलाहरु नाकाभोटृे र कौडा खेल्ने गरिन्छ । राम्रो लगाउने र मिठो मिठो परिकार खाएर थकालीहरुले एकआपसमा आत्मियता साटासाट गर्छन् ।मुस्ताङको जोमसोममा बसोबास गर्ने थकालीहरुले तोरन्ल पर्व मनाएका छन् । तोरन्लको पहिलो दिन गाउमुखियाको घरमा जोमसोमका सबै थकाली समुदायका मानिसहरु जम्मा भई धनुषवाण( आर्चरी) खेल खेल्ने धसालाई बाजागाजाका साथ आर्चरी खेल्ने स्थानमा पु¥याए ।तोरन्ल पर्वमा खेलिने धनुषवाण खेलको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरे । उनले थकालीहरुको महान पर्व तोरन्ल पर्व सफलताको कामना गर्दै सस्कृति सरक्षणमा नया पुस्ताले जोड दिनुपर्ने बताए ।
यसअघि थकाली सेवा समाज नेपाल क्षेत्रिय समिति मुस्ताङले समेत औपचारी कार्यक्रम गरी तोरन्ल पर्वको सुरुआत गरेको छ । सो अवसरमा कार्यक्रमका मुख्य अतिथि जिसस उपप्रमुख राजेन्द्र शेरचनले पछिल्लो समय थकाली समुदायले संगठित रुपमा तोरन्ल पर्व मनाउदै आईरहेको उल्लेख गरे । उनले थकाली सम्भयता,संस्कृति र भाषालाई जर्गेना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले मुस्ताङ जिल्ला धार्मिक तथा सांस्कृतिक विविधताले महत्वपूर्ण रहेको औल्याए । उनले थकाली समुदायको एकता र मौलिकताले धार्मिक सम्पदा संरक्षणमा योगदान पुगेको बताए ।सो अवसरमा थकाली सेवा क्षेत्रिय समितिमा आवद्ध महिलाहरुले थकाली गीतसहित विविध सांस्कृतिक कार्यक्रम गरेको थियो ।
थकालीहरुको महान पर्व तोरन्ल विशेष रुपले तीन दिन मनाईने भएपनि कतिपय स्थानमा ३ दिन देखि ७ दिनसम्म मनाउने प्रचलन रहेको छ ।

Advertisement

फोटो फिचर ः मुस्ताङमा थकालीहरुको महान पर्व तोरन्ल रौनक ।तस्विर ःसुन्दरकुमार थकाली

Advertisement

तपाईको प्रतिक्रिया