नमस्तेको शब्द, राजुको संगीत र मदनकृष्णको स्वरमा सकारात्मक सोच जगाउने सन्देशमूलक गीत

समाधान संवाददाता २०७८ चैत ८ गते १३:४४

पोखरा ।
आजभोलि सामाजिक सञ्जालमार्फत् मानिसहरुको दिलदिमागमा नकारात्मक कुराहरुले गाँजिरहेको अवस्था छ । नकारात्मक कुरामा बढी चासो, चियो र चर्चा गर्ने प्रवृत्ति छ । जब कि मानिसहरुको जीवनमा वृत्ति, समृद्धि तथा विकासको लागि सकारात्मक सोच र कार्यको ठूलो आवश्यकता छ ।


यसै कुरालाई आफ्नो तर्फबाट समाजमा सकारात्मक सन्देश फैलाउन गीतमार्फत् कोसिस गरिएको छ । तीन दशक युनिसेफको सरसफाइ विज्ञ भएर काम गरेका नमस्तेलाल श्रेष्ठले लेखेको गीत लेजेन्ड कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र चर्चित गायिका रीता केसीले गाएका छन् । मनोहर सुनामको संगीत संयोजन र भोला पौडेलको रेकर्डिङ र मिक्सिङ रहेको छ । गीतका संगीतकार तथा भिडियो निर्देशक राजु विश्वकर्मा हुन् ।


नमस्तेलाल श्रेष्ठ आफ्नो निवृत्त जीवनमा सकारात्मक सोचको अभियन्ताका रुपमा अघि सरेका छन् । उनले सकारात्मक सोच, खोज र रोज नामक किताब लेखेका छन् ।

Advertisement


यस भिडियोमा स्वयं नमस्तेलाल, गायिका रीताले अभिनय गरेका छन् भने यस भिडिओलाई सुरेन्द्र श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् । गीत रीता केसी अफिसियल युटुब च्यानलबाट प्रसारण गरिएको छ । यस गीतमा दैनिक रुपमा हाँस्ने र हँसाउने कार्यले हरेक व्यक्तिलाई सकारात्मक सोच, उर्जा र उत्प्रेरणा जगाउन सक्छ भन्ने मानवीय भावना बोकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया