अमेरिकन दुताबासको टोली मुस्ताङमा

समाधान संवाददाता २०७८ चैत ८ गते २०:०४

जोमसोम— नेपाल स्थित अमेरिक दुताबासको ४ सदस्यीय टोली हिमाली जिल्ला मुस्ताङ आईपुगेका छन् । ईङलिस एसिस माईक्रो स्कुलरशीप प्रोग्रामका लागि अमेरिन टोली दुई जना र नेपाली टोली दुई जना पोखराबाट जहाज चढेर मुस्ताङ आईपुगेका हुन् ।
अमेरिकन दुताबासका रिजनल ईङलिस ल्याङवेजका अफिसर नबिला मासौनीसहित अर्को एकजना दुतावासका अमेरिकन ,दुताबासका नेपाली कर्मचारी विश्वराज गौतम र त्रिभुवन विश्व विद्यालयका कार्यक्रम व्यवस्थापन मुकुन्द पाण्डे उक्त प्रोग्राम लिएर मुस्ताङ आएको स्रोतले जनाएको छ ।उनीहरुले जोमसोमको होटल ओम्स होम्समा बसेका छन् ।
मुस्ताङका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अंग्रेजी भाषा बोल्ने र लेख्ने क्षमता विकास गर्ने उद्देश्यल ईङलिस एसिस माईक्रो स्कुलरशीप प्रोग्राम लिएर मुस्ताङ आएको बताईएको छ ।उनीहरुले मंगलबार शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङमा यस संम्वन्धि कार्यक्रम गरेका छन् ।
मुस्ताङमा अमेरिकन संस्थाबाट यहाँका विद्यालय ,गुम्बा र कलासंस्कृति लगायतमा लगानी गरिएको पाईन्छ ।

तपाईको प्रतिक्रिया