पर्यटन

७ वटै प्रदेशमा नेपाल चिनाउने डकुमेन्ट्री छायांकन हुँदै

नेपालमा ७ वटै प्रदेशमा ७ वटा विधामा कन्टेन क्रियटरहरुले ५ देखि ७ मिनेटसम्मको ४९ वटा भिडियो ब्लग तयार गर्ने

सुन्दरकुमार थकाली २०७८ चैत १० गते ११:१८
पर्यटन विकासका लागि नेपाल चिनाउने इमाजिनको टोली मुस्ताङमा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले नेपालको पर्यटन क्षेत्र दयनीय अवस्थामा छ । नेपालको जटिल पर्यटन अवस्थालाई उकास्दै शिखरमा प¥यायाउन ‘अफ ट्रेन ली’ कम्पनी मार्फत महेन्द्र इमाजिन नेपालले निकट भविष्यमा पर्यटन लक्षित श्रव्यदृश्य डकुमेन्ट्री सो प्रसारण गर्ने भएको छ । यसका लागि नेपालका ७ वटै प्रदेशमा २५ दिनका लागि तीव्र गतिमा छायांकन गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।
इमाजिन नेपालले मानिसले कल्पना गरेको, भोगेको र देखेको भन्दा नितान्त नेपालको फरक परिचय उतार्न ७ जना कन्टेन क्रियटरलाई सम्बन्धि प्रदेशका विभिन्न जिल्लाहरुमा खटाएको छ । खटाइएका कन्टेन क्रियटरहरुले नेपालको पर्यटन विकासका लागि ७ वटा विधामा सटिक भिडिओ डकुमेन्ट्री ब्लग तयार गर्ने इमाजिन नेपालका निर्देशक प्रकाश कर्णले जानकारी दिए ।
यसका लागि लोक गायक प्रकाश सपूत, पत्रकार एवं कार्यक्रम निर्देशक भूषण दाहाल र इमाजिन नेपालका निर्देशक प्रकाश कर्णसहितको टोली अहिले मुस्ताङमा खटिएका छन् । उनीहरुले उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा तोकिएको विभिन्न विधामा रही भिडिओ ब्लगको छायांकन गरिरहेका जनाइएको छ ।
नेपाललाई यथार्थ रुपमा भिडिओमा जस्ताको त्यस्तै उतार्न इमाजिन नेपालले पहिलोपटक बृहत सो गर्ने तयारी गरिरहेको इमाजिन नेपालका प्रोग्राम निर्देशक प्रकाश कर्णले जानकारी दिए । नेपालमा ७ वटै प्रदेशमा ७ वटा विधामा कन्टेन क्रियटरहरुले ५ देखि ७ मिनेटसम्मको ४९ वटा भिडियो ब्लग तयार गर्ने प्रोग्राम निर्देशक कर्णको भनाइ छ । प्रोग्राम निर्देशक कर्णले नेपाल सरकारले गर्न नसकेको काम इमाजिन नेपालले गर्न लागिरहेको बताए ।

प्रदेश १ बाट सहाना बज्राचार्य, प्रदेश २ बाट घुमन्ते ग्रुप, प्रदेश ३ बाट मानसी अग्रवाल, प्रदेश ४ बाट दर्शन पोखरेल, प्रदेश ५ बाट किशोर कायस्थ, प्रदेश ६ बाट अविन भो र प्रदेश ७ मा नेपाल फुड आर सिद्धार्थ छन् ।
उनीहरुले पर्यटन विकासलाई लक्षित गरी ७ वटा अलग–अलग ब्लक कन्टेन तयार गर्नेछन् । छानिएका कन्टेन क्रियटरले ल्याण्ड स्केप सेन्टेरेन्स, पिपुल्स एण्ड कल्चर, फुड फुजी, बायो डाइमेसेसिटी, एक्टिमोरिज र सम्बन्धित प्रदेशको अफिसियल कन्टेन तयार गर्ने प्रोग्राम निर्देशक कर्णले उल्लेख गरे । यसका लागि ७ वटै प्रदेशमा प्रचार–प्रसार तथा कन्टेन तयार गर्नका लागि सहजकर्ता खटाइएको छ ।
नेपालका चर्चित फ्यान फलो भएका सेलिब्रेटीलाई ७ वटै प्रदेशमा सहजकर्ताको रुपमा खटाइएको छ । प्रदेश १ मा पूर्व मिस नेपाल सहाना बज्रचार्य, प्रदेश २ मा कमेडियन सन्दीप क्षेत्री, प्रदेश ३ मा पत्रकार वर्षा बस्नेत, प्रदेश ४ मा लोक गायक प्रकाश सपूत, प्रदेश ५ मा सेलिब्रटी एलिना गुरुङ, प्रदेश ६ मा मिस नेपाल मनिना जोशी र प्रदेश ७ मा नायिका वर्षा रावतलाई भिडिओ ब्लग छायांकनका लागि कार्यक्षेत्रमा खटाइएको हो ।
उनीहरुले नेपाललाई चिनाउने ७ वटा विधाको डकुमेन्ट्री तयार गर्न सहजकर्ताको रुपमा खटाइएको इमाजिन नेपालले जनाएको छ । इमाजिन नेपालले ७ वटै प्रदेशमा ब्लग बनाउने काम भइरहेको र गण्डकी प्रदेशको गोर्खा र मनाङमा काम सम्पन्न भई मुस्ताङमा काम भइरहेको जनाइएको छ । इमाजिन नेपालले पर्यटन विकासका लागि तयार गरिरहेको भिडियो कन्टेन अनुसार प्रदेश स्तरीय टेलिभिजनमार्फत प्रतिस्पर्धा गराइने जनाएको छ ।
कम्पनीका अनुसार आउँदो वैशाखभित्र टेलिभिजन मार्फत प्रशारण गरिने बताएको छ । इमाजिन गर्ने ७ वटा विषयको कन्टेनसहितको भिडिओ ब्लगको निर्णायक चर्चित पत्रकार एवं कार्यक्रम निर्देशक भूषण दाहालले गर्ने भएका छन् । टेलिभिजन मार्फत आम दर्शकले भिडिओ हेरेपछि वास्तविक नेपालको परिचय स्पष्ट खुलाउने र यसले पर्यटन विकासमा टेवा पुग्ने दावी गरिएको छ ।
इमाजिन नेपालले यसअघि विगत ४–५ वर्षदेखि इमाजिन नेपाल नामक ट्राभल सो कार्यक्रम गर्दै आइरहेको थियो । यसले झन्डै ५ दर्जन बढी चर्चित सेलिब्रेटी र ईन फ्लेन्सन (सोसल मिडिया) मा बढीभन्दा बढी फ्यान फलो भएका व्यक्तिहरुलाई आवद्ध गराइ कार्यक्रम गर्ने गर्थ्यो । इमाजिनले कन्टेन क्रियटर र इन फ्लेन्सन मिलेर कन्टेन तयारी गरी भिडियो ब्लक निर्माण गथ्र्याे । इमाजिन नेपालले सन् २०१६ मा मुस्ताङको लोमान्थाङमा पुगेर भिडिओ ब्लग बनाएको थियो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया