मुस्ताङमा ५ दल दर्ता

सुन्दरकुमार थकाली २०७८ चैत १० गते १५:२८

जोमसोम—

आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ५ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ ठुला दलबाहेक जिल्लामा जम्मा ५ वटा दलले मात्र निर्वाचन चिन्ह लिन कार्यालयमा दल दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङले राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित ७९ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गरेकोमा मुस्ताङमा ५ वटा दलले मात्र दल दर्ता गरेको जनाएको छ ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि यही चैत्र २ गतेदेखि चैत्र ६ गते सम्म दल दर्ता गर्ने समय अवधि तोकेमा मुस्ताङमा राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,समाजिक एकता पार्टी,नेपाल कम्युनिष्ट पार्टी समाजवादी र नेपाली कांग्रेस विपीले निर्वाचन चिन्ह लिन दल दर्ता विवरण पेश गराएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्यालले जानकारी दिए ।
कार्यालय प्रमुख अर्यालका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस,नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र ),नेकपा ( एकिृकृत समाजवादी ),जनता समाजवादी पार्टी (जसपा ),र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले निर्वाचन चिन्ह लिन जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउनु नपर्ने भएपनि जनता समाजवादी पार्टी (जसपा ) र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)को मुस्ताङ सहभागी रहेको छैन । मुस्ताङमा मुख्य राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांगेस र नेकपा एमालेबीचनै मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ । मुस्ताङमा नयाँ दल दर्ताको विवरण आयोगमा पठाईसकिएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

आगामी बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि मुस्ताङका ५ स्थानीय तहमा ३८ मतदान केन्द्र तोकिएको छ । निर्वाचन सुरक्षाका लागि २ सय ३२ जना म्यादी प्रहरी परिचालन हुने जनाईएको छ । मुस्ताङका ५ स्थानीय तहमा कुल १० हजार ४ सय १४ मतदाता छन् ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया