‘रसुवा’ पानी पोखरामा

समाधान संवाददाता २०७८ चैत १० गते १९:०८

पोखरा ।
रुद्र गंगा नेचुरल वाटर प्रालिले पोखराको बजारमा ‘रसुवा’ पानीको बिक्री सुरुवात गरेको छ ।


रसुवाको गोसाइकुण्ड ६ धुन्चेमा उत्पादन भएको पानी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने क्रममा पोखरामा बजार विस्तार गरेको कम्पनी अध्यक्ष गणेशबहादुर भण्डारीले जानकारी दिए । पोखराका लागि डि एस ट्रेड रसुवा पानीको अधिकृत बिक्रेता हो । डिएस ट्रेडका सञ्चालक ध्रुव थापा हुन् ।


अध्यक्ष भण्डारीका अनुसार ३ सय ३० मिलिलिटर तथा ५ सय मिलिलिटर र १ लिटरको बोतलमा उपलब्ध हुने पानीको अधिकतम मूल्य क्रमशः ३५, ४५ र ७० रुपैयाँ कायम गरिएको छ ।

Advertisement

केही समयदेखि चीन, हङकङ, जापान, अस्ट्रेलिया, दुबई कतार लगायत अन्तर्राष्ट्रिय बजारमा पानीको निर्यात भइरहेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा जाने भएकाले बोतलको डिजाइन, लेबलिङ पनि उच्च स्तरको छ ।’ उनले स्वच्छ हिमाली क्षेत्रको पानी स्वदेशी र विदेशीलाई खुवाउने र पानीको माध्यमबाट नेपाललाई चिनाउने उद्देश्यले उत्पादन गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया