चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

समाधान संवाददाता २०७८ चैत ११ गते ८:४०

पोखरा ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल उत्रँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् ।


वाङको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीच भएका पुराना सम्झौतालाई कार्यान्वयनको तहमा लान करिब एक दर्जन विषयमा सम्झौता गर्ने गृहकार्य भइरहेको छ । सम्झौता गर्ने विषयमा नेपालस्थित दूतावाससँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गतका परियोजना अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ गर्न आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया