पर्यटन

आहा ! क्या राम्रो मुस्ताङको ‘ढुम्बाताल’

समाधान संवाददाता २०७८ चैत ११ गते १६:०५
फोटो क्याप्सन ः प्राकृतिक सौन्दर्यताले भरिएको मुस्ताङको ढुम्बाताल । तस्विर ःसुन्दरकुमार थकाली ।

जोमसोम—
मुस्ताङमा पर्यटक लोभ्याउने एक आर्कषक गन्तब्य हो मुस्ताङको घरपझोङ—५ मा पर्ने मनमोहक ‘ढुम्बाताल’ ।समून्द्री सतहदेखि २ हजार ८ सय ३० मिटर उचाईमा अवस्थित ढुम्बाताल निलगिरि हिमालको फेंदैमा पर्छ ।मुस्ताङमा आउने पर्यटकले मुक्तिनाथ र कोरलानाकाको भ्रमण गरिसकेपछि यो ताल हेर्न छुटाउँदैनन् ।
हिमाली फेंदको भिरालो सतहको खाल्डोमा ढुम्बाताल अवस्थित छ ।निलो रङमा देखिने पानीको सहतमा निलगिरि र धौलागिरि हिमालको बिम्व तालमा प्रतिस्थापन हुँदा यस तालको सुन्दरता अझ घनिभूत देखिन्छ ।मुस्ताङ सदरमुकाम जोमसोमदेखि कच्ची ३ किमी कच्ची सडक पार गरेपछि ढुम्बाताल पुग्न सकिन्छ ।पछिल्लो समय यहाँ सम्म पुग्ने बाटोको थप स्तरोन्नति भईरहेकाले पर्यटकलाई यहाँ पुग्न कुनै कठिनाई पर्दैन ।गण्डकी प्रदेश सरकारले ढुम्बाताल हुँदै थाक ५ गाउँ जोड्ने सडक बिस्तार गर्दैछ ।
विगत १० वर्षअघि सडक सञ्जाल जोडिएसंगै बर्सेनी लाखौ आन्तरिक पर्यटक मुस्ताङको आउने गर्छन् । जसमध्येले ढुम्बाताल चाहार्ने गर्छन ।ढुम्बातालकै कारण जोमसोम बजारक्षेत्रका होटल र ठिनी गाउँका सामुदायिक होमस्टेको आन्तरिक ब्यापारमा समेत टेवा पू¥याएको छ ।पछिल्लो समय मुस्ताङको ढुम्बातालमा नेपाली चलचित्र जेरी,चिनो,छिरिङ,प्रेमगीत जस्ता चलचित्र छायांकन भईसकेकाले ढुम्बातालको चर्चा चुलिएको ठिनीका युवा निरज थकालीले जानकारी दिए ।हिउँदयाममा दैनिक ३ सय बढी आन्तरिक पर्यटक ढुम्बाताल पुग्ने गरेको उनले बताए ।
प्राकृतिक सौन्दर्यताले भरिएको ढुम्बातालबाट निलगिरी ,धौलागिरि र मानामाथी हिमाल आर्कर्षण देखिन्छ ।यस्तै,उत्तर कोरलापास र दामोदरकुण्डबाट आएको कालिगण्डकी नदी र जोमसोम बजारको सुन्दरता तालबाट नियाल्न सकिन्छ ।मुलुकमा संघीय व्यवस्था आएपछि ढुम्बातालको स्तरोन्नति भईरहेको छ । यहाँ घरपझोङ गाउँपालिका र अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना एक्यापले पर्यटक लक्षित विभिन्न पूर्वाधारहरु निर्माण गरिसकेको छ ।राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गमा यात्रा गर्ने पर्यटकले समेत ढुम्बाताल सौन्दर्यता देखेर मख्ख पर्छन् ।
हिउँदयाममा निलो आकृतिमा सुन्दर देखिने ढुम्बाताल हिउँदयाममा भने चिसोले जमेर ठप्प बस्छ । ढुम्बातालसंग ऐतिहाँसक कथा समेत जोडिएको स्थानीय बताउँछन् । ढुम्बातालको सरक्षण कुछप तेरङ्गा गुम्बा सरक्षण समितिले गर्दैआईरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया