थासाङको कोवाङमा पक्की मोटरेबल पुल बन्ने

४ महिनाभित्रै सम्पन्न गर्ने गरी पुलको शिलन्यास

समाधान संवाददाता २०७८ चैत ११ गते १८:२२
थासाङको कोवाङ—लार्जुङ जोड्ने पक्की पुलको शिलन्यास गर्दै उपाध्यक्ष बालकुमारी शेरचन । तस्विर ः नविन शेरचन ।

जोमसोम—

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका—२ कोवाङ—लार्जुङ पक्की मोटरेबलपुलको शुक्रबार शिलन्यास गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनको पहलमा कोवाङ—लार्जुङ जोड्ने ‘ल्हाङ्क्यु’ खोलामा पक्की पुल निर्माण गरिने भएको हो ।
गाउँपालिकाको बित्तिय समानिकरण ३८ लाख ४० हजार रुपैया बजेट पक्की पुल निर्माणका लागि विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार पुलको लम्बाई ७ मिटर र चौडाई ४ दशमलव ५ सेमीको रहने छ । पुल बनाउने जिम्मा स्थानीय निर्माण व्यवसायी कृष्णकुमार शेरचनको महादेव निर्माण सेवा कन्ट्रक्सनले लिएको छ ।चालु आर्थिक वर्ष २०७८—०७९ को असार १५ गते अर्थात ४ महिनाभित्रै सम्पन्न गर्ने पुलको शिलन्यास भएको निर्माण व्यवसायी कृष्णकुमार शेरचनले जानकारी दिए ।
थासाङको कोवाङ—लार्जुङ गाउँ जोड्ने पक्की मोटरेबल पुलको थासाङ गापाकी उपाध्यक्ष बालकुमारी शेरचनले एक समारोहकाबीच शिलन्यास गरिन् ।पुल शिलन्यासमा विभिन्न गाउँका मुखिया,जनप्रतिनिधि,कर्मचारी लगायतको उपस्थिती रहेको थियो । पुल शिलन्यासपछि थासाङकी उपाध्यक्ष बालकुमारी शेरचनले कोवाङ—लार्जुङ जोड्ने पक्की पुल नहुँदा स्थानीयबासीलाई समस्या परेकाले गापाकै पहलमा पुल बनाउने काम सुरु गरिएको बताईन् ।उनले पुल तोकिएकै समयमा सम्पन्न विश्वाश ब्यक्त गरिन् ।
यसअघि कोवाङ—लार्जुङ जोड्ने ‘ल्हाङ्क्यु’ खोलामा काठेपुल थियो । काठेपुल जीर्ण हुदै गईरहेको र दुई गाउँ जोड्ने पक्की पुल नहुँदा बर्खायाममा सवारी आवत—जावतमा समस्या पर्ने गरेको कार्यपालिका सदस्य नविन शेरचनले जानकारी दिए । सो स्थानमा पक्की पुल निर्माण भएपछि पर्यटक तथा कृषि उपजको सहज बजारिकणमा सहयोग पुग्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया