अटेरी अभियानको चुनाव लक्षित छलफल

समाधान संवाददाता २०७८ चैत १२ गते १९:२०

पोखरा ।

अटेरी अभियानले पोखरामा चुनाव लक्षित छलफल गरेको छ । विभिन्न क्षेत्र, वर्गका अभियन्तासँग भेटेर अभियन्ताहरुले छलफल गरेका हुन् ।


छलफलमा घोषणापत्रमा भएका मूलभूत विषयबारे सारांश साथै उम्मेद्वारहरुको आचारसंहिता जारी पनि गरिएको छ । अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार आगामी कार्यक्रम कस्तो गर्नेबारे छलफल गरिएको हो । ‘हाम्रो आगामी कार्यक्रम कस्तो हुने भन्नेबारे नै छलफल गर्‍यौं । उम्मेद्वार, अभियान आचारसंहिता र घोषणापत्रमा जारी भएका मूलभूत विषयबारे पनि सारांशमा छलफल सम्पन्न भयो,’ उनले भने ।

Advertisement


यो अभियानले जनतासामु पुगेर अभियानबारे छलफल गर्ने र आफ्ना योजना बुझाउनेबारे पनि छलफल गरिरहेको छ । आउँदो १९ गते स्वतन्त्र उम्मेदवारहरुको पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उनले सुनाए । अहिले अटेरी अभियान घर टोलमा पुग्ने कार्यक्रम भइरहेको छ । 

Advertisement

तपाईको प्रतिक्रिया