अपुरो पाेखरा विमानस्थल तामझामका साथ हस्तान्तरण

सञ्जय रानाभाट २०७८ चैत १३ गते १३:३३

सञ्जय रानाभाट
पोखरा ।
चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार हस्तान्तरण भएको छ । अपूरो विमानस्थल चीन सरकारका विदेश मन्त्री वाङ यीले शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर हस्तान्तरण गरेका हुन् ।


भर्चुअल माध्यमबाटै चीनका विदेशमन्त्री यीले चाबी हस्तान्तरण गरे पनि पोखरामा भने तामझामका साथ कार्यक्रम भयो । काम नसकिँदै विमानस्थल हस्तान्तरण गरेको भन्दै चिनियाँ प्रतिनिधिहरु नै असन्तुष्ट रहेको बताइएको छ । ‘पूर्ण तयारी नहुँदै विमानस्थल हस्तान्तरण गर्न किन हतार गरियो, बुझ्न सकिएन,’ मन्त्रालय स्रोतले भन्यो ।


चीनको निर्माण कम्पनी सिएएमसिईले आयोजना गरेको कार्यक्रममा पर्यटन तथा नागरिक उड्यनम न्त्री प्रेम आले पोखरा विमानस्थल आइपुगे । चाबी हस्तन्तरण भए पनि विमानस्थलको भौतिक प्रगति भने ९३ प्रतिशत रहेको आयोजनाका प्रमुख बिनेस मुनकर्मीले बताए । वित्तीय प्रगति ७४ प्रतिशत पुगेको छ ।

Advertisement


चीन सरकारको सहुलियत ऋणमा २०१७ नोभेम्बर १ मा काम सुरु भएको विमानस्थल निर्माण कम्पनीले २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप ग¥यो । २०२२ को जुलाई १० अगावै आयोजनाका सक्ने भनिएको छ । तर, केही पूर्वधार बन्ने नबन्ने अन्योल छ ।


उडान भर्न चाहिने पूर्वाधार कसले बनाउने भन्नेमै आयोजना अड्किएको छ । विमानस्थलको टर्मिनल भवन, पेरीफेरी रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वेका काम सकिएका छन् । विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, केही भौतिक पूर्वाधारका बाँकी काम छन् ।
विमानस्थलमा ४ वटा एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङ गर्न सकिने संरचना बनेका छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार नबन्दा तोकिएको मितिमा सञ्चालनमा आउनेमा आशंका छ ।

Advertisement


आर्मी ब्यारेकमा अन्योल
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा नेपाली सेनाले गर्छ । तर आउँदो वैशाखदेखि अन्तर्राष्ट्रिय उडान गर्ने भनिएको पोखरा विमानस्थलमा अहिलेसम्म आर्मी ब्यारेक छैन । विमानस्थलमा ब्यारेक कसले बनाउने भन्नेमै अन्योल छ । उिडान हुने मिति नै तोकिँदासमेत ब्यारेक कसले बनाउने टुंगो नलागेको विमानस्थलका इन्जिनियर कृष्ण पौडेलले बताए ।
‘ब्यारेक कसले बनाउने नै निक्र्याेल भएको छैन । सुरक्षाका लागि ब्यारेक आवश्यक पर्छ । नेपाल सरकारले कसले बनाउने भनेर निर्णय गर्नुप¥यो, उनले भने, ‘त्यसपछि हामीले बनाउने भए हामी बनाउँछौं । आर्मीले बनाउने भए आर्मीलाई निर्देशन दिनुप¥यो ।’


रिठेपानी डाँडा कटान बाँकी
विमानस्थलको पूर्वपट्टि रहेको रिठेपानी डाँडा कटानअघि बढेको छैन । डाँडा काट्न पूरक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको छ । अब डाँडा कटानको काम थालिने आयोजना प्रमुख मुनाकर्मीले बताए । विमानस्थल सञ्चालन गर्न रिठ्ठेपानी डाँडा कम्तीमा ४० मिटर काट्नुपर्ने प्राविधिक अध्ययनको निष्कर्ष छ । सरकारी तथा व्यक्तिको जग्गा यो डाँडामा पर्छ ।


आयल निगम डिपो छैन
विमानस्थल सञ्चालन गर्न आवश्यक पर्ने आयल निगम डिपो निर्माण नेपाल आयल निगमबाट ठोस रुपमा कार्य अगाडि बढेको छैन । निगमसँग निरन्तर बैठक बसी छलफल, पत्राचार तथा फोन सम्पर्क गर्दै आएपनि ठोस रुपमा काम नभएको स्रोत बताउँछ । निगमले भने इन्धन डिपोको पूर्वाधारको डिजाइन ड्रइङ सम्पन्न भई टेन्डर प्रक्रियामा रहेको जनाएको छ ।


संरचना भत्किने डर
विमानस्थल बाहिर उत्तरतर्फ करिब ४ किलोमिटरदेखि बग्ने पानीका कारण विमानस्थल जोखिममा पर्दै आएको छ । वर्षातको समयमा नजिकैको बस्ती डुबानमा पर्ने गरेको छ । यसले विमानस्थलका संरचनालाई समेत जोखिम छ । वर्षाको पानीका कारणले पूर्वतर्फको भाग भत्कने क्रम बढ्दो छ । करिब ५ सय हेक्टर जग्गाको वर्षातको पानीले विमानस्थल क्षेत्रका संरचाना भत्कने डर छ । ड्रप संरचनासमेत भत्किएकाले पानीको निकास गर्न समस्या छ । जसको कारणले पहिरो जाने जाखिम पनि उत्तिकै छ ।


आयोजनाले भौतिक विकास पूर्वाधार मन्त्रालय, जलस्रोत तथा सिँचाइ कार्यालयमा पानी व्यवस्थापन सम्बन्धमा पत्र पठाए पनि बाँकी काम नभएको मुनकर्मीले बताए । डाइभर्सनका लागि ३४ करोड रुपैयाँको स्टिमेट गरी प्रदेश सरकारलाई पठाइएको छ । तर प्रदेश सरकारले बजेट अभावमा नरहेको जनाएको छ । जसका कारण पानी डाइभर्सनका संरचना निर्माण सुरु भएकै छैन ।
वर्षाकै कारण आउने पानी निकासका लागि विमानस्थलको पूर्वतर्फ विजयपुर खोला नजिकैको आउटलेट निर्माण भइरहेको छ । पानी व्यवस्थित गर्न छुटै एउटा पानी जाने नहर ठेक्का प्रक्रियामा छ । समयमै काम सक्न संघीय सरकारबाट प्रदेश सरकारलाई निर्देशन दिइनुपर्ने स्रोत बताउँछ । यसका लागि बजेटको समस्या देखिएको छ ।


ल्यान्डफिल साइट अन्योल
विमानस्थलको काम ९३ प्रतिशत काम सकिए पनि नजिकैको ल्यान्डफिल साइट चलिरहेको छ । करिब २ किलोमिटरमा रहेको ल्यान्डफिल साइट कहाँ स्थानान्तरण गर्ने टुंगो लागेको छैन । ल्यान्डफिलका कारण हवाई उडानमा पंक्षी खतराको छँदै छ । ल्यान्डफिल साइट नजिक हुँदा चराचुरुंगी आउने र विमानसँग ठोक्किने जोखिम हुन्छ ।


चराचुरुङले बासोबास गरेको स्थान सार्न समय लाग्ने विज्ञहरु बताउँछन् । चराले फूल पर्नेदेखि बच्चा हुर्काउन चक्र सक्न समय लाग्छ । यहाँबाट चराको बसाइँ सार्न ल्यान्डफिल साइट छिटो सार्नुपर्ने हुन्छ । यसरी सार्न टाइम लाग्छ, एकैचोटि गर्न सकिँदैन । चराचुरुंगीलाई अन्यत्र गएर घुलमिल हुन समय लाग्छ ।’


विमानस्थल निर्माण आयोजनाले ल्यान्डफिल साइट सार्न पोखरा महानगरलाई ३ वर्षदेखि अनुरोध गर्दै आएको छ । पोखरा महानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले पोखरा २० मा रहेको पस्मराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको थियो । पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा बनेको ६ सदस्यीय समितिले १६ र २० मा पर्ने पस्मराङ छनोट गरे पनि स्थानीयको विरोधपछि काम अघि बढेको छैन ।


समितिले १५ दिनभित्र ल्यान्डफिल साइट टुंगो लगाउने भनिए पनि अहिलेसम्म अन्योल कायम छ । स्थानीय तहको चुनाव वैशाख ३० लाई तोकिइसकेको अवस्थामा ल्यान्डफिल साइटको टुंगो त्यसअघि नलाग्ने करिब पक्का छ ।


विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । जहाजले पूर्वबाट मात्र उडान भर्नुपर्छ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया