मुस्ताङको थासाङमा बन्ने पर्यटकीय पूर्वाधारको संघीय सांसद तुलाचनले गरे शिलन्यास

समाधान संवाददाता २०७८ चैत १४ गते १५:०८

जोमसोम—

मुस्ताङको थाकसय क्षेत्र अर्थात थासाङ गाउँपालिका अन्तर्गत पर्ने विभिन्न पर्यटकीय गन्तब्यको स्तरोन्नतिका लागि पर्यटकीय पूर्वाधार निर्माण हुँने भएको छ ।

संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत बजेट साझेदारी रहने गरी कुल ३ करोड १ लाख लागतमा सडक मार्गसहितको पर्यटकीय पूर्वाधार निर्माण हुने थासाङ गाउपालिकाले जनाएको छ ।

Advertisement

समुन्द्री सतहदेखि करिव २७ सय मिटर अग्लो उचाईमा अवस्थित थासाङ गाउँपालिका—२ मा पर्ने सेकुङ ताल र भुतर्छो जोड्ने सडकसहितको अन्य पर्यटकीय पूर्वाधार निर्माणका लागि मन्त्रालय र गापाले साझेदार रुपमा निर्माणको काम अघि बढाएको गाउँपालिकाका सवईन्जिनीयर बिष्णु बास्तोलाले जानकारी दिए ।

यस्तै,गुरुङसाङ्वो गुफा र थासाङ—५ को टिटी तालको समेत पूर्वाधार निर्माण हुनेछ । यी सवै पूर्वाधारको लागत ३ करोड १ लाख बजेट छ । पूर्वाधार निर्माणको जिम्मा मुक्तिनाथ महादेव जेभीले लिएको गापा सवईन्जिनीयर बिष्णु बास्तोलाले जानकारी दिए ।

Advertisement

शिलन्यासपछि सांसद तुलाचनले थासाङ क्षेत्रको सडक तथा पर्यटकीय पूर्वाधार निर्माणले थासाङ गापासहित समग्र मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पू¥याउने विश्वाश व्यक्त गरे ।

तपाईको प्रतिक्रिया