एमालेले बनायो निर्वाचन परिचालन समिति

समाधान संवाददाता २०७८ चैत २३ गते ११:५८

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले स्थानीय तहकोचुनावमा पार्टीलाई जिताउने तयारी गरेको छ । मंगलबार बसेको १० औं पूर्ण बैठकले चुनावको तयारीका लागि १ हजार ८ सय५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

बैठकले निर्वाचन परिचालन समितिको २सय १ सदस्यीय सचिवालय बनाएको छ । आगामी चैत २७ गतेसम्म प्रदेशका सबै वडाबाट उम्मेद्वार सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिइएको छ । ‘आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि चैत २९ गतेसम्म सबै पालिकाबाट उम्मेद्वार सिफारिस गर्न निर्देशन गरिएको छ,’सचिव दवाडीले भने, ‘मातहतका कमिटीबाट आएका सिफारिसलाई २०७९ साल वैशाख ४ गतेसम्म प्रदेश कमिटीमा पठाउन जिल्ला कमिटीलाई परिपत्र गरिएको छ ।’


सचिव दवाडीले सबै जिल्ला कमिटीलाई गण्डकी प्रदेश कार्यालयलाई संयोजन गरी अन्य पार्टीसँग चुनावी तालमेल टुंगाउन सक्ने जिम्मेवारी दिइएको जानकारी दिए । उनले कमिटीको कार्य विभाजनको सन्दर्भमा सचिवालयले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको बताए ।

Advertisement


पार्टीका प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बसेको बैठकमा पार्टीैका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव पद्मा अर्याल, स्थायी समितिका सदस्य खगराज अधिकारी, पोलिटब्युरोका सदस्यहरु जगत विश्वकर्मा र लीलाबहादुर थापाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया