कांग्रेस मादी ५ बाट वडाध्यक्षमा हुमनाथ सिफारिस

समाधान संवाददाता २०७८ चैत २३ गते १२:२२

पाेखरा ।

स्थानीय चुनावमा आ–आफ्नो पार्टीबाट उम्मेदवार उठाउन सबै पार्टीका नेता कार्यकर्ताको दौडधुप सुरु भएको छ ।
यसमध्ये कांग्रेसले मादी गाउँपालिका वडा नम्बर ५ मा हुमनाथ अधिकारीलाई वडा अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको वडा समितिको बैंठकले कांग्रेस नेता, समाजसेवी वर्तमान वडा सदस्य अधिकारीलाई अध्यक्षमा उठाउने तयारी भएको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए । ढकालका अनुसार अधिकारी मादी गाउँपालिकाको लोकप्रिय जनप्रतिनिधिका रुपमा परिचित भएपछि वडाध्यक्षमा उठाउन तयारी भएको हो ।

Advertisement

बैठकले अधिकारीलाई सर्वसम्मत वडाअध्यक्षमा उठाउने तयारी गरेको ढकालले बताए । ‘जनताको सुखदुखमा सदा क्रियाशिल हुने अधिकारी जस्ता जनप्रतिनिधि पाउनु हाम्रो गौरवको कुरा हो,’ ढकालले भने ।


अधिकारीलाई जिताउन बुधबारबाटै जनताको घर, दैलोमा पुग्ने कार्यक्रम सुरु भएको ५ का सभापति देवी प्रसाद कुइकेल बताए । ‘कांग्रेस एक्लै लडेपनि वडा ५ मा बिजयी सुनिश्चित छ,’ कुइकेलले भने ।

Advertisement

तपाईको प्रतिक्रिया