भूमि आयोग मुस्ताङको जिल्ला समितिले पूर्णता पायो

समाधान संवाददाता २०७८ चैत २६ गते २०:०९

सरकारले दोश्रो चरण अन्तर्गत एक साता अघि ४३ जिल्लामा भूमि आयोगको जिल्ला अध्यक्ष गठन गरेकोमा त्यसलाई पूर्णता दिएको छ ।यसअघि मुस्ताङको थासाङ—३ लेते धम्पुका विशन पूर्जालाई भूमि आयोगको जिल्ला अध्यक्ष नियूक्त गरेमा अरु थप ३ सदस्य नियुक्त गरी भूमि आयोगको जिल्ला समितिलाई पूर्णता दिएको जनाईएको छ ।
सरकारले भूमि समस्या समाधान आयोगको जिल्ला समितिलाई पूर्णता प्रदान गरेको अध्यक्ष पूर्जाले बताए । अध्यक्ष पूर्जाका अनुसार भूमि आयोग जिल्ला समितिको बिज्ञमा वारागुङ मुक्तिक्षेत्रका सोनाम धोर्जे गुरुङ नियुक्त भएका छन् ।यस्तै, खुला महिला सदस्यमा थासाङ—५ की म्याउची घर्ती मगर र सदस्यमा थासाङ—५ का धिरेन्द्र ल्वागुन नियुक्त भएका छन् ।यसको जानकारी जिल्ला स्थित सम्वन्धित कार्यालयलाई ईमेल मार्फत जानकारी गराइएको छ ।
मूमि आयोग मुस्ताङका जिल्ला समिति अध्यक्ष पूर्जाले आयोगले समितिलाई पूर्णता प्रदान गरेकाले अब समितिले कामलाई तिब्रता दिईने बताए ।उनले चाँडैनै समितिको सपथ ग्रहण तथा पदस्थापन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।उनले भने,‘आयोगको जिल्ला समितिले पूर्णता पायो,अब हामी अनौपचारिक छलफल र भेटघाट गरी भावी कार्ययोजनाको बारेमा मोडालिटी तयार गर्नेछौ ,।’

Advertisement

तपाईको प्रतिक्रिया