सडक छेउको भीरमा अड्किएको अवस्थामा भेटियो बेवारिसे बुलेट

समाधान संवाददाता २०७८ चैत २९ गते १२:०६
फोटो ः कागबेनी—मुक्तिनाथ सडकमा भेटिएको बेवारिस बुलेट मोटरसाईकल । तस्विर ःजिप्रका ।

जोमसोम—

मुस्ताङमा वेवारिसे रुपमा संकास्पद एक बुलेट मोटर साईकल फेला परेको छख । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा पर्ने कागबेनी—मुक्तिनाथ सडकको कालोपत्रे सडक नजिक को ३३ प ५४८० नम्बरको बुलेट मोटर साईकल फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार मुक्तिनाथ सडकको कालोभीर नजिक सडकबाट करिव १० मिटर तल भिरालो ठाउँमा बुलेट मोटरसाईल भेटिएको हो ।सोमबार स्थानीयले बेवारिसे रुपमा सडक छेवैको भीरमा बुलेट मोटरसाईल अड्किएको भन्ने प्रहरीलाई जानकारी गराईपछि सोबारे बुझ्न प्रहरीको टोली सोमबार साँझ करिव ७ बजे घटनास्थलमा पुगेको थियो ।प्रहरीले त्यसक्षेत्रमा दुर्घटनाको आशंका गरेर चालकको खोजी गरेपनि केही फेला पार्न सकेन ।त्यसपछि जोमसोमबाट नेपाली सेनाको टोली र स्थानीयले राती अबेरसम्म खोज तलास गरेपनि केही भेट्न नसकेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार संकास्पद भेटिएको बुलेट मोटरसाईकल चोरीको हुन सक्ने अनुमान गरेका छन् । मोटरसाईकलको चावी छैन भने डाईरेक्ट लाईन जोडेर मोटरसाईकल स्टार्ड गर्ने गरी चलाईएको घटना प्रकृतिले देखाउँछ ।
प्रहरीका अनुसार बुलेट मोटरसाईकल बेवारिसे भेटिएपनि मोटरसाईकल चालक सम्पर्क विहिन रहेको जनाईएको छ ।मोटरसाईकलमा सामान्य क्षति भएको र अगाडीको हेडलाईट र हेलिमेट टुटफुट भएको देखिन्छ । राती खोज तलास गर्दा प्रहरी र सेनाले चालक फेला पार्न सकेन ।अहिले मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय जोमसोममा ल्याईएको छ ।दुर्घटनाको आशंका गरिएपनि त्यहा केही भेटिएन ।मोटर साईकल कस्को हो? र कसले चलाएर बेवारिसे अवस्थामा मिल्काईएको हो भन्ने समेत खुल्न सकेको छैन । मोटरसाईकलका बिषयमा कोही सम्पर्कमा आउन नसकेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
चीनसंग सीमाना जोडिएको मुस्ताङ जिल्लामा आसन्न स्थानीय तह निर्वाचन नजिकिदै गर्दा कुनै खराब नियमले मोटरसाईकल ल्याईएको र अबैध गतिविधि हुनसक्ने अनमान समेत गरिएको छ । प्रहरीले बेवारिसे अवस्थामा फेला परेको बुलेट कस्को हो भन्ने बिषयमा सम्वन्धित यातायात कार्यालय बुझ्ने र अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया