भानु वाङ्मय प्रतिष्ठानमा सरुभक्त

समाधान संवाददाता २०७९ वैशाख ७ गते १३:१२

पोखरा l
भानु वाङ्मय प्रतिष्ठानको आइतबार भएको साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । समिति उपाध्यक्षमा हनिफ मियाँ, सचिवमा अम्बिकाप्रसाद भट्टराई र कोषाध्यक्षमा पद्मराज ढकाल चुनिएका छन् ।

सदस्यमा हरिदेवी कोईराला, डा तुल्सीप्रवास खनाल, डा बाबुराम अधिकारी, पदमराज घिमिरे, धर्मराज अल्पायु, प्रदीप पौडेल, मिठु गुरुङ, शिवबहादुर थापा र बलराम पोखरेल छन् । अध्यक्ष सरुभक्तले २०७१ मा संस्था गठन भएलगत्तै पोखरा ११ फूलबारीमा भानुभक्तको पूर्ण कदको शालिक निर्माण लगायतका काम भएको बताए ।

सभामा कोषाध्यक्ष पद्यराज ढकालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा उपाध्यक्ष हनिफ मियाँ र सचिव अम्बिकाप्रसाद भट्टराईले आदिकवि भानुभक्तको योगदानबारे चर्चा गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया