एमालेबाट थासाङ —१ मा थकाली सर्वसम्वत
समाधान संवाददाता
२०७९ वैशाख ७ गते १९:१९

जोमसोम—
मुस्ताङको थासाङ गाउँपालिका—१ मा नेकपा एमालेले वडाध्यक्ष पदमा टुकुचे निवासी बिजय थकालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।एमाले वडा कमिटी बैठकले आसन्न स्थानीय तह निर्वाचनमा थकालीलाई वडाध्यक्ष पदमा सर्वसम्वत चयन गरेको हो । ।
लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहँदै पछिल्लो समय उनी पर्यटन व्यवसायमा जोडिएका थिए ।थासाङमा अन्य उम्मेदवारहरुको छनौट गर्ने काम भईरहेको एमाले पालिका कमिटी सदस्य गौतम शेरचनले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया